कञ्चनपुर ,भाद्र २७ । शिक्षण सिकाई अनुदान कोटामा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन । सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफूहरूको तलब निकासा सहितका माग राखी बिभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी गरेका छन ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अङ्ग्रेजी , गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरवन्दि भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुस