काठमाडौं, असोज १० । लामो समयदेखि बिभिन्न राजनीतिक विषयमा कार्यगत एकता कायम गरी संघर्ष गर्दै आएका ११ राजनीतिक संगठनको वैठक काठमाडौंमा सम्पन्न भएको छ । संयुक्त वैठकले थप तिन पार्टी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बोल्सेभिक) र राष्ट्रवादी केन्द्र, नेपाल समेत थप भई १४ दलको कार्यगत एकता हुने भएको छ ।

दलितहरु माथि भैरहेका हत्या, हिंसा र उत्पीडनमा संलग्नहरु माथि कडा कारवाही गरी यसको अन्तकालागि ठोस कदम चाल्न समेत माग गरिएको छ । तत्काल सम्पूर्ण बेरोजगारलाई बेरोजगार भत्ता दिनुका साथै बेरोजगार ज्यालादारी मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुष्ठ व्यवस्था गर्न, दीर्घकालिन रोजगारीको योजना बनाई त्यसलाई छिट्टै लागु गर्नमाग गरिएको छ ।
बाढी, पहिरो र डुबानमा परेका पीडितहरुको अविलम्ब बसोवास, खाद्यान्न, उपचार र क्षतिपूर्तिको व्यवस्था गरी उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न पनि माग गरिएको छ ।

प्रहरीद्धारा पटक पटक हिरासतमा राखिएकाहरु माथि बर्बर यातना दिइएका र मृत्यवरण गर्नु परेका घटनाहरु सार्वजनिक भएका छन्, दोषीहरु माथि कडा कारवाही गर्न र यसलाई पूर्णरुपमा नियन्त्रण गर्न,भ्रष्टाचारी, तस्कर, कमिशनखोरहरु माथि कडा कारवाही गरी यसलाई तुरुन्त नियन्त्रण गर्न अपिल गरिएको छ त्तकाल समस्याको समाधन नगरे १४ दलको कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । यस्तो छ संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठ

संयुक्त प्रेस विज्ञप्ति
लामो समयदेखि बिभिन्न राजनीतिक विषयमा कार्यगत एकता कायम गरी संघर्ष गर्दै आएका ११ राजनीतिक संगठनको वैठक हालै सम्पन्न भयो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

उपस्थिति :
१. मोहनविक्रम सिंह महामन्त्री, नेकपा(मसाल)
२. मोहन वैद्य (किरण), महासचिव, नेकपा (क्रान्तिकारी–माओवादी)
३. सीपी मैनाली, महासचिव, नेकपा (माले)
४. चित्रबहादुर के.सी ,अध्यक्ष, राष्टिूय जनमोर्चा
५. सी.पीं गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६.लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिस्ट पार्टी
७. गोपाल किराती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी, नेपाल
९. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद, नेपाल
१०. केदारप्रसाद शर्मा, महासचिव, नेकपा (संयुक्त)
११. गुणराज लोहनी, संयोजक,राष्ट्रिय जागरण मंच

निर्णयहरु
१ कोभिड १९को सम्वन्धमा यहि विद्यमान संविधानको समेत धज्जी उडाउँदै यो विश्वव्यापी महामारीको उपचारबाट पन्छिने र विरामीले आफ्नो उपचारको जिम्मेवारी आफैंले लिनुपर्ने जस्ता सरकारले गरेको गैर जिम्मेवारी पूर्ण र आततायी निर्णय अविलम्ब फिर्ता गरी निःशुल्क उपचारको व्यवस्था गर्न,
पी.सी.आर .परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन,
कोरोना भाइरसको आशंका देखाई अन्य विरामीको उपचार नगर्ने अस्पताल माथि कडा कारवाही गर्दै सबै किसिमका विरामीहरुको उपचार गर्न,
कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न ,
कारागारमा रहेका राजनीतिक तथा अन्य बन्दीहरुको कोरोना भाइरस लगायत सबै रोगको उपचारको अविलम्ब व्यवस्था गर्न
उपचार सामग्री र औषधी खरिदमा भएको भ्रष्टाचारको छानविन गरी भ्रष्टाचारी माथि कारवाही गर्न सरकार सँग जोडदार माग गर्ने निर्णय गरिएको छ ।
भोक्भोकै परेका विपन्न वर्गका जनता प्रति सरकारले कुनै जिम्मेवारी नलिइराखेको अवस्थामा खानपिन लगायत अन्य सहयोग गर्ने सबै स्वयम्सेवी संस्थाहरु र जनसेवी व्यक्तिहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
१.२ अन्य विषयहरु
दलितहरु माथि भैरहेका हत्या, हिंसा र उत्पीडनमा संलग्नहरु माथि कडा कारवाही गरी यसको अन्तकालागि ठोस कदम चाल्न,

सम्पूर्ण बेरोजगारलाई बेरोजगार भत्ता दिनुका साथै बेरोजगार ज्यालादारी मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुष्ठ व्यवस्था गर्न,
दीर्घकालिन रोजगारीको योजना बनाई त्यसलाई छिट्टै लागु गर्न,
धान बालीका लागि अविलम्ब रासायनिक मल उपलव्ध गराई, त्यसमा भएको ढिलाईका कारण उत्पादनमा आउन सक्ने १५ प्रतिशत ह्रासको क्षतिपूर्ति दिने व्यवस्था गर्न,
बाढी, पहिरो र डुबानमा परेका पीडितहरुको अविलम्ब बसोवास, खाद्यान्न, उपचार र क्षतिपूर्तिको व्यवस्था गरी उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न,
प्रहरीद्वारा हिरासतमा राखिएकाहरु माथि बर्बर यातना दिइएका र मृत्यवरण गर्नु परेका घटनाहरु सार्वजनिक भएका छन्, दोषीहरु माथि कडा कारवाही गर्न र यसलाई पूर्णरुपमा नियन्त्रण गर्न,
भ्रष्टाचारी, तस्कर, कमिशनखोरहरु माथि कडा कारवाही गरी यसलाई तुरुन्त नियन्त्रण गर्न,
आकासिएको महँगीलाई तुरुन्त नियन्त्रण गर्न, जोडदार माग गर्ने ठेगान भएको छ ।

२ एम.सी.सीका सम्वन्धमा
विगतमा हामीले समेत एम।सी।सीलाई संसदबाट पारित हुनबाट रोक्ने काममा महत्वपूर्ण भूमिका खेलेका थियौं । सत्ताधारी नेकपा भित्र “एकता” कायम गर्ने सन्दर्भमा एम.सी.सी सम्वन्धमा जुन आन्तरिक सहमति कायम भएको छ, त्यसमाथि र अमेरिकी राजदूतले सार्वजनिक गरेको विषयमा समेत ध्यान दिँदा संसदको आगामी सत्रबाट यसलाई अनुमोदन गरिने खतरा बढेको छ । यसको संशोधन र परिमार्जन होइन खारेजीका लागि विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा सकृयताका साथ लाग्नेनिर्णय भएको छ ।

३- लिम्पियाधुरा–कालापानी–लिपुलेक सहितको नक्शा जारि गराउन सक्नु हामी सबैको सफलता हो । परन्तु, यो भूभागलाई हासिल गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन ओली सरकारले कुनै भूमिका नखेल्नु, उक्त विवादित क्षेत्रमा भारत सरकारलेबस्ती बसाल्दा सन्चो मानेर बस्नुर शिक्षा मन्त्रालयबाट यो नक्शा सहित नेपालको विवरण छापिएको पुस्तकलाई प्रतिवन्ध लगाउनुले ओली सरकारले यस विषयमा भारत सरकार सँग आत्मसमर्पर्ण सक गरिसकेको देखिन्छ । अतः हाम्रो गुमेको भूभाग हासिल गर्न विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा लाग्ने निर्णय भएको छ । त्यो संघर्षलाई साथ दिनका लागि सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गर्दछौँ । राष्ट्रियता, जनतन्त्र, जनजीविका आदि जनसरोकारका विषयहरुमा सरकार गम्भीर नभई उदासिन र गैरजिम्मेवार देखिएको छ । सरकारको उक्त रवैयाको हामीले विरोध गर्दछौँ । उपर्युक्त विषयमा सरकारको त्यसप्रकारको रबैया कायम भइरहेमा भविष्यमा संघर्षका उच्च कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकतामाथि हामीले जोड दिन्छौँ ।

४- अहिलेसम्म ११ दलको कार्यगत एकता कायम रहँदै आएकोमा अबदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(बोल्सेभिक) र राष्ट्रवादी केन्द्र, नेपाल समेत थप भई १४ दलको कार्यगत एकता निर्माण गरिएको छ । आगामी दिनमा यस कार्यगत एकतामा अन्य संगठनलाई पनि सामेल गराउने प्रयत्न जारी रहने छ ।
५- देशका जल्दा बल्दा समस्यालाई केन्द्रीत गरी आपसी सल्लाहबाट एउटा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।
हार्दिक अभिवादन सहित
११ दलीय कार्यगत एकताका तर्फबाट
‘सी.पी. गजुरेल
२०७७ । ६ । ९

प्रतिक्रिया दिनुस