कञ्चनपुर,असोज ,१२, कञ्चनपुरको खदेतभुली पर्सियामा सामुदायिक वनजंगलबाट तस्करी गरेको तस्करहरुको काठ चिरान गर्ने आरामील सञ्चालक पक्राउ परेका छन्।लालझाँडी गाउँपालिका–४ खदेतभुली पर्सियाका २७ वर्षीय प्रदीप राना अवैध काठ सहित आइतबार पक्राउ परेका हुन्।

आरामीलमा राखीएको करिब ६४ क्वीफिट अवैध काठ समेत बरामद गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बतानुभयो ।

श्रोत नखुलेको अवैध काठ चिरान गरी बनाइएका चौखट, कडी पनि बरामद गरीएको उनले बताए। रानालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।बरामद गरीएको काठ डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस