कञ्चनपुरको बेदकोट नगरपालिका २ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ। बिहीबार एक कार्यक्रमका बिच वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भवनको उद्घाटन गरेका छन्। यसअघि भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दैँ आएको वडाले नवनिर्मित भवनको उद्घाटनसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो।

स्थानीय तहको सरकार बने लगतै भाडाका भवन भवनबाट सेवा प्रवाह थालिएको थियो। वेदकोट–२ का वडाध्यक्ष नरेश बहादुर सिंहले आफ्नै भवनबाट सेवा दिन पाउनु एतिहासिक अवसरका रुपमा रहेका बताए । उनले वडाको विकास निर्माणसँगसगै कार्यालय भवन निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाएको बताए । उनका अनुसार स्थानीय बीर भट्ट र गणेश बहादुर स्वाँरले जमिन दान गरेसंगै भाडामने भवनबाट संचालन हुँदै आएको वडा कार्यालय आफ्नै भवन निर्माण गर्न सफल भएको हो।

विजुलियन विल्र्डसले ८२ लाख लागतमा एक तले भवन भवन निर्माण गरिएको हो। भवनमा हल सहित, प्रशासनिक कक्ष, वडाध्यक्ष कक्ष, दर्ताचलानी, शौचालयसहित आधुनिक भवन निर्माण गरिएको अध्यक्ष सिंहको भनाई छ। ‘आफ्नै वडा भवन निर्माण भएपछि दैनिक कार्य सञ्चालन सहज हुनेछ,’ अध्यक्ष सिहले भने, ‘वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुनेछ ।’ जमिनदाता बीर भट्ट र गणेश बहादुर स्वाँरलाई सम्मान गरिएको छ ।

वडाध्यक्ष सिहले कार्यालय उद्धघाटन समारोहमा हालसम्मको विकास निर्माणलाई प्रतिवेदनमार्फत सार्वजनिक समेत गरेका छन् । वडा कार्यालय भवनको शिलान्यास गदैँ नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिकाले जनतालाई सहज सेवा प्रवाहसँगै विकास निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएको बताए। साथै अन्य वडामा पनि भौतिक पुर्वाधार निर्माणसँगै जन अपेक्षा अनुसार विकास र सेवा सम्पादन गदैँ नगरपालिकालाई समृद्ध बनाउन लागि परेको उनको भनाई छ।

प्रतिक्रिया दिनुस