अपिहिमाल गाउँपालिकाका ५२ वर्षीय करबीर ठेकरेको श्रीमति बितेपछि घरमा एक्लै भए। दुई छोरा छन्। तर छोराको कमाई घर परिवार चलाउनै ठिक्क हुन्छ। ‘आफुलाई मनपरेको खान र लगाउन आर्थिक जोहो हामीसँग हुँदैन्,’ बोहराले भने, गाउँपालिकाले एकल महिलाजस्तै एकल पुरुषलाई भत्ता दिन थालेपछि निकै सहज भएको छ।
छोराहरुले आफ्नो परिवार हेरुन् कि मलाई, काम गर्न नसकेपछि अरूको आसमै बाँच्ने हो उनले भने। तर, गाउँपालिकाले एकल पुरुषलाई दिने सामाजिक सुरक्षा भत्ताले आफुले सोचे अनुसार काम गर्न पाइएको छ। जिल्लाको सबैभन्दा विकट क्षेत्रमा पर्ने अपिहिमाल गाउँपालिकाले गत वर्षदेखि एकल पुरुषलाई मासिक ५ सय रुपैयाँकादरले भत्ता दिन थालेपछि एकल पुरुष मख्ख भएका छन्। दुई–चार पैसा छोराछोरीलाई तथा नाति नातनिहरुलाई दिन पनि दिन मिल्यो’ चिया नास्ता खान पनि पाइने, ५५ वर्षीय गोपाल टमटा भन्छन। चिया खान पनि छोरा बुहारीलाई पैसा देउ भन्नुपर्ने बाध्यता हटेको छ।
सानोतिनो बिराम हुँदा आफैंले औषधि किन्न पनि सकिने भएको छ। गोपालको श्रीमतीको ५ वर्षअघि निधन भएको थियो। छोराछोरीको बिहेपश्चात् उनले एक छोरालाई साथमा राखेका छन्। भत्ता पनि उनी छोरालाई दिन्छन्। छोराले मलाई बेला–बेला दिन्छ नि’, गोपाल भन्छन गाउँमा जे कुरा पनि महिलालाई मात्र आयो भन्ने सुनेको थिए, तर स्थानीय सरकार आएपछि एकल पुरुषलाई पनि भत्ता दिएर राम्रो काम गरेको छ। टमटा भन्छन, ‘बूढी मरेर टुहुरो बनेका बूढालाई पनि गाउँपालिकाले हेरेको छ । गाउँपालिकाले ६० वर्षमाथिका एकल पुरुषलाई मासिक ५ सय भत्ता दिँदै आएको गाउँपालिका धर्मानन्द मन्यालले बताए।
उनले भने, यो विल्कुलै नयाँ कार्यक्रम थियो, विगतमा एमालेकै सरकारहुँदा एकल महिलालाई भत्ता दिन शुरु गरेको हो, हामीले एकल पुरुषलाई किन भत्ता नदिने भनेर यो कार्यक्रम शुरुवात गरेका हौ। एकल महिलालाई जत्ति नै समस्या एकल पुरुषलाई पनि हुने गर्छ’, अध्यक्ष मन्यालले भने, असहाय एकल पुरुषको आफनो घरखर्च टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौ। गाउँपालिका अध्यक्ष मन्यालका अनुसार गत वर्ष २७ जना एकल पुरुषलाई भत्ता प्रदान गरिएको अध्यक्ष मन्यालले जानकारी दिए। इमेजखबर बाट