जिल्ला प्रहरी कार्यालय कैलालीले महिनामा उत्कृष्ठ काम गरेवाफत ३ प्रहरीलाई पुरुस्कृत गरेको छ। शुक्रबार चैत्र, वैशाख र जेठ महिनामा उत्कृष्ठ कार्यगरेवाफत तिन प्रहरी कर्मचारीहरुलाई पुरुस्कृत गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले तिन उत्कृष्ठ कार्यरत प्रहरीलाई सम्मानित गरिएको जानकारी दिए।

May be an image of 2 people and people standing

प्रहरी निरीक्षक नारायण सिंह बिष्ट २०७७ साल चैत महिना, बैशाखमा प्रहरी नायव निरिक्षक नरेन्द्र सिंह भण्डारी र जेठमा प्रहरी निरीक्षक नर बहादूर साउँद उत्कृष्ठ प्रहरीमा छनौट भएका थिए। उनिहरुलाई शुक्रबार प्रमाणपत्र सहित सम्मानित गरीएको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए।

May be an image of one or more people and people standing

प्रतिक्रिया दिनुस