कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र कृषि विकास निर्देशनालय दिपायलका कर्मचारीबीच विवाद भएको छ। शनिबार कृषि निर्देशनालयका कर्मचारी कृषि औजार वितरणका लागि किसानसँग सम्झौता गर्न कृष्णपुर आएका थिए। उनीहरुलाई ‘चोरहरु’ बाहिर जाउ भन्दै मेयर हमालले बाहिर निकालेका हुन्। “निर्देशनालयले एक÷एक समूह बनाएर पठाएको थियो। कृषि शाखासँग सहकार्य गरेर हामी यहाँ आएका हौ। काम सुरु मात्र गरेका थियौ। मेयर साप आउनु भयो। चोरहरु बाहिर निस्किनुस भन्नु भयो” एक जना प्राविधिकले दिनेशखबरसंग भने।

 

अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत किसानसँग सम्झौता गर्न गएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिंह लगायतको समूह कृष्णपुर आएको हो। मेयर हमालले कार्यालय भित्र सम्झौता गर्न नदिएपछि उनीहरु पूर्व–पश्चिम राजमार्गमा नै किसानसँग सम्झौता गरेका छन्। “भित्र काम गर्न दिनु भएन। हामीले रोडमा काम गर्यौ। उहाँलाई नसोधेर आएको भन्दै बाहिर निकाल्नु भएको हो। तर हामीले ६ गते सूचना पठाएका थियौ।कृषि शाखासँग सम्पर्क गरेर आएका थियौ, तर मेयर सापले यस्तो व्यभार गर्नु भयो,” उनले भने।

 

शनिबार काम गर्न नपाउने भन्दै मेयर हमालले आफुहरुलाई लखेटेको प्राविधिक सहायक जनक बहादुर सिंहले बताए। उनले नगरपालिकाले शनिबार समेत काम गर्दै आएको उनको दाबी छ। यता मेयर हमालले फोन उठाएनन्। कृष्णपुर नगरपालिका क्षेत्रका १५ जना किसानलाई झण्डै २० लाखको औजारमा अनुादनको सम्झौताका लागि कृषि विकास निर्देशनालयको समुह कञ्चनपुर आएको हो।

च्याम्फा ट्याक्टर, मीनि टिलर, रोटाभेट् लगाएतका औजार खरिदमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि सेवा निर्देशनालयले अनुदान वितरणका लागि सम्झौता गर्न थालेको हो। कैलालीको गोदावरीको एक होटलमा निषेधाज्ञाको समयमा राति मदिरा माग्दै होटल सञ्चालनलाई धम्काएको भन्दै जिल्ला प्रहरीमा समेत मेयर विरुद्ध उजुरी परेको थियो।

प्रतिक्रिया दिनुस