नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ६९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

यस्तै २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ६१९ परीक्षणमा ७९२ संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ । २४ घण्टामा थप ९१० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । २४ घण्टामा खोप लगाएकाको संख्या ६९ हजार ८२४ रहेको छ ।

प्रतिक्रिया दिनुस