हरि सुवेदी

मुलुक यतिखेर राजनैतिक चरम संकटबाट गुज्रिएको छ ।जताततै जनतामा रहेको निरासाले यो व्यबस्थाका बिरुद्द बिस्तारै आवजहरु बुलन्द हुदैछ्न ।जनताले लामो राजनीतिक संघर्ष र बलिदानी बाट प्राप्त गरेको यो व्यवस्थालाई सत्तासिन राजनीतिक दलले मागिखाने भाडोको रुपमा प्रयोग गर्दै आएका छ्न ।राज्यको अर्बौ ढुकुटी विभिन्न बाहानामा खर्च गर्दै स्थानिय तह देखि प्रदेश र केन्द्र सम्म बह्रम लुट मच्चाइ रहेका छ्न ।सत्ता र शक्तिको आडमा जनता सङ्ग जोडिएका जनजिबिका जनतन्त्र जस्ता बिषयलाइ प्रभाकारी बनाउनुको साट्टो उल्टै जनतालाइ महङ्गो ढाड सेक्ने गरि महङ्गी र कर लगाइ जनताको दैनिक जिबन लाइ कष्टकर बनाउदै गलत व्यबस्था लादिरहेका छ्न ।

राष्ट्रियता दिनहु कमजोर बन्दै गईहेको छ ।भारतिय बिस्तारबादको नाङ्गो हस्तक्षेपले नेपाली भुमी गुम्दै गएको छ भने अर्कोतिर नेपाल र भारतीय सिमा नजिक रहेका नेपाली जनता सिमामा हुने पटक पटकका बिबादले आक्रान्त छ्न ।यसरी नेपाली भुमिमा भारतिय पक्षले सदियौ बर्ष देखि गर्दै आएको यो रबैया प्रर्ती बर्तमान सरकारले चु समेत बोल्न सक्दैन उल्टै सत्ता र सरकार फेरबदलका लागि तिन्कै प्रर्तिनिधी बोलाइ सहकार्य गरिरहेका खबर छ्याप छ्यापती आइरहका छ्न ।मुलुक लागि यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ ।यो अत्यन्तै लज्जास्पद र राष्ट्रियता प्रर्तीको नाङ्गो हस्त्क्षेप हो ।हामी सदियौ बर्ष देखि भारतिय बिस्तारबादको हस्तक्षेप र नवउपनिबेसबाट गुर्जिरहेका छौ ।

पटक पटक नेपाल भित्र भएका ठुलाठुला संघर्षस र बलिदानिलाइ किन सरकार हाकिरहेका ब्याक्तीले जनताको त्यो संघर्षपुर्ण बिरासतलाइ बिर्सी भारतीय बिस्ताबाद सामु घुडा टेक्छ्न विश्वमा बढ्दै गएको बिकशीत मुलुकको अर्थ ब्यब्स्था र ती देशहरूमा निर्माण हुँदै गएका ठुला ठुला प्राबिधिक यन्त्र युद्द सामग्रीले बिश्व र साना गरिब राष्ट्रलाइ पार्ने प्रभावको बारेमा अध्यन हुनु आवश्यक छ । हामी कसरी अरु मुलुक सङ्ग प्रर्तिस्पर्धा गर्ने आत्मारक्षा गर्न सक्छौ या सक्दैनौ यो गम्भीर प्रश्नको विषय बन्दै गएको छ रुयी विषयबस्तुलाई केलाउदै जादा के बुझिन्छ ।

राणाकालीन अबस्था देखि गणतन्त्रत्मक अबस्था पुग्दा सम्म यो देश पराधीन भएर चल्नु मुख्य कारण हो ।किनकि सत्त र सरकारमा भएकाहरुले बिदेशी शक्तिका सामु आफू उनीहरुको गोट्टी भएर चल्नु र जनता जनादेशलाई पनि लत्याउनु यसको अर्को परिमाण हो ।
हाम्रो मुलुकका लागि अर्को दुर्भाग्यको विषय के हो त भन्दा राज्य सङ्ग सनञ्चालन सम्बन्धिको प्रष्ट नीति नहुनु ,यसको खाका नहुनु र भौगोलिक सरचना अनुसारको कार्ययोजना नहुनु हो ।एकातिर बर्तामान सरकारले गम्भीर ढगले यी बिषय कार्ययोजनामा नलैजानु पनि हो । सरकार र सत्ताको आडमा हुने भ्रष्टाचारले देशलाइ बर्सौदेखी गाजिरहेको छ यसको किन छानबिन र नियन्त्रण हुन सकेन प्रश्न त्यतातिर पनि केन्द्रित हुन्छ ।

यो किन हुन सकेन भन्दा त सत्ता र सरकारमा रहेकाहरु पनि यसका मतियार छ्न ।तिनीहरु ठुला ठुला भ्रष्टाचार गरेका छ्न अकुत सम्पती राजनीतिका आडमा जोडेका छ्न तिनि कुनै श्रम र मिहिनेत नगरेर अर्बौका मालिक बनेका छ्न स्वयम आफू त्यसमा सङ्ग्घन रहेका तिनीहरुले यो बिषय लार्इ प्रभावकारी लागु गर्लान त रुतिनीहरु कदापि यो बिषय लागु गर्दैनन् ।किन सरकारमा रहेकाहरूले सम्पती शुद्धिकरण ऎन लागू गर्दैनन् रुकिन उनीहरुले यो विषयलाई प्राथमिकतामा राख्दैन यी चासोका बिषय हुन ।उनिहरुलार्इ यो बिषय उठाउदा एक नम्बरमा स्वयम् उनिहरु आफै जान्छ । भने अर्कोतिर उनीहरुले गरेका कर्तुत हरु पनि खोलिन्छ त्यसैले उनिहरु यसलाइ चासोको बिषय नबनाइ रद्दिको टोकरीमा मिल्काइ दिन्छ । स्वाभाविक रुपमा उनिहरु स्वयम मुछिएका छ्न ।
आज मुलुक परिवर्तन सङ्गै बर्सौ देखि गाजिएर रहेका यस्तै यस्तै बिषयले आक्रान्त छ।यो दलाल संसदिय व्यबस्थाबाट जनताले मुक्ति पाउदैन ।किनकी दलालहरु सरकार र सताका मालिक छ्न ।

उनिहरु कहिले पनि गरिबको भलो चाहदैनन्।राज्यको प्रर्त्येक निकाएमा निम्म पुजीवादी र अबसरबादी बर्ग हाबी छ ।हामी बिगतमा संसदिय व्यबस्था भनेको खसीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थलो हो भनेर १०बर्ष यो देशमा वर्गसंघर्ष र क्रान्ति गर्यौ ।तर बिडम्बना आज तिनै ब्याक्ती जसले संसदिय व्यबस्था खसिको टाउको झुन्डाएर कुकुर मासु बेच्ने थलोको रुपमा बुझ्थे आज उनिहरु त्यसकै हिस्सेदार भएर बसेका छ्न ।उनिहरु जनता खसीको टाउको देखाइ कुकुरको मासु बेचिरहेका छ्न ।तर हामी टुलुटुलु हेरिरहेका छौ । अब यो ब्याबस्थालाइ मिल्काउनको लागि हामीले क्रान्तिको सुरुवात गर्नु जरुरी छ ।क्रान्ति माथी हिजो नेत्रितव्व पङ्त्तिले धोका, गद्दारी ,छ्लछाम गरि क्रान्तिलाई प्रर्तिक्रान्तिमा रुपान्तरण गरेका छ्न्।के हाम्रा ती महान शहिदले गरेको बलिदानिलाइ हामी चट्टक्क बिर्सिन सक्छौ होइन अव हामीले उनीहरुको मुल्यको रगत चुक्ता गर्नै पर्छ ।यो देशमा फेरि पनि नया जनबादी क्रान्ति आवश्यक छ ।
क्रान्ति बिना राज्यसता कायम हुन सक्दैन ।कुनै पनि वर्गसंघर्ष नगरी राज्य परिवर्तन हुदैन ।यहाँ धेरै बर्जुवाबादीहरुले अहिले पनि क्रान्ति र जनतामा धेरै प्रकारका अवबाह र भ्रमको खेती गरिरहेका छ्न ।किनकी उनिहरु के चाह्न्छ्न भने आफुले मोज गर्दै आएको बिलासिताको लुट नभ्त्कियोस उनिहरु अझै यो ब्यबस्थालाई कसरी मजभुत बनाएर बर्सौ सम्म लुटन सकिन्छ ,त्यसैले उनिहरु क्रान्ति प्रर्ती सधै भ्रम दिन्छन् । हामिले अव चिरफार गर्नु जरुरी रहेको छ । सोझा र ईमानदार नौवज्वानलाइ सस्तो मुल्यमा बिदेशी कम्पनीमा बेचिरहेका छ्न ।उनीहरुको श्रम बाट आएको रेमिटेन्स बाट यहाँ सत्ताका मालिकहरु मोज गरिरहेका छ्न । करौडौका आलिशान महल बनाई रहेका छ्न उनीहरु किन कहिले जनताको छानो छाएको छ या छैन भनी गरिब बस्तिमा गएर सोध्दैनन।
अहिले पनि दुर दराजमा सामान्य किसानले सिटामोल समेत पाउदैन ।तर सरकारमा रहेका हरु सामान्य रुघाखोकी र ज्वरो आउदा औषधी उपचारमा बिदेशतिर कुर्लिन छ्न ।जनता औषधि नपाएर मर्दा पनि उनिहरु बोल्दैनन् ।राज्य भित्र अपराध गर्ने,बल्तकार गर्ने ,लुट्पाट चोरी डकैती ढोगी , राज्यसमतिको दुरुपयोग गर्ने त्यस्ता अपराधीले कार्बही भएको भएको छैन । ।यो ब्यबस्था हामिले मिल्काउनै पर्छ किनकी हामी सत्य, न्याय ,र स्वतन्त्रताको हक मागिरहेका छौ। हामी गाँस ,बाँस ,र रोटि मागिरहेका छौ ।हामी कसैको दास्वत्व र कसैको गुलाम भएर बाच्न चाह्न्नौ ,हामी स्वतन्त्रता निम्ति पटकपटक लडिरहेका छौ ,हामी हाम्रो भुमिलाइ भारतिय उपनिबेसबाट मुक्ति दिलाउन चाह्न्छौ ,हामी हाम्रो देश विश्व सामु नझुकी आफै आत्मनिर्भर भएको हेर्न चाह्न्छौ ।त्यसैले दलाल सङ्सदिय व्यबस्थाका बिरुद्ध क्रान्ति आवश्यक छ ।अब नया जनबादी क्रान्तिको बाटोमा अगाडि बढ्नु पर्छ ।यो अहिलेको नितान्त आवश्यकता हो ।लेखक नेकपा (क्रान्तिकारी माओवादी ) कञ्चनपुर जिल्ला इन्चार्ज हरि सुवेदी

प्रतिक्रिया दिनुस