गोकुल निरौला
नेपालमा कामरेडको प्रत्यक्ष शासन सुरु भएको पनि पौने दुई वर्ष पुग्नै लाग्यो । कामरेडहरूले के मात्र गरेनन् र के मात्र भएन । यो अवधिमा दुख, पीडा, खुसी सबै पाए, भोगे कामरेडहरूले । स्थानीय निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेको तत्कालीन एकीकृत माओवादीले संघीय र प्रादेशिक तहको निर्वाचनमा तत्कालीन एमालेसँग तालमेल ग¥यो । त्यो तालमेललाई एकथरी जनताले कामरेडहरू एक भएको भन्दै एकमुखे रुद्राक्षलाई जसरी पूजा गरे ।
त्यो बेलाको पूजामा जलाइएका अगरबत्तीका ठुटाहरूले कामरेडलाई अहिले घोचिरहेको छ । अगरबत्तीले पोलेको घाउलाई निको पार्न कामरेडहरू पालै पालो औषधि उपचार गर्न भनेर विदेश पुगेका छन् । जनताहरूलाई पूजा गर्दा जलाईएको गोकुल धुपको बास्नादार धुवाले दम बढाइसकेको छ । दमको रोगी जनताको उपचार गर्न छोडेर दुईजना सत्तारुड दलकै कामरेड विदेश गए उपचारकै लागि । यता एक थरी कामरेडले भौतिक संरचना भत्काउँदै विजय उत्सब बनाउँदै गाउँमा उफ्रिरहेका छन् ।
सहयोगको दम्भ देखाएरै हो नरेन्द्र मोदिले नेपालको संसदमा सम्बोधन गर्दा पानी र जवानी पाहाडमा काम लाग्दैन भनेका, नेपालविना भारत अधुरो भनेका । भारतीय सहयोग खासगरी सडक निर्माण, जलविद्युत् आयोजना, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा प्राप्त हुँदै आएको छ
कामरेडका सहकर्मी कामरेडहरूलाई दोहोरो भिडन्तको नाममा सहकर्मी कामरेडकै सरकारले मारिरहेको छ । ६ सय ३४ जना कामरेडहरू जेलको चिसो छिँडिमुनिको वासमा छन् । सर्पका खुट्टा सर्पले नै देख्छ त रु भन्दै प्रजातन्त्रवादी कामरेड भने वेला–वेला थपडी बजाउन पाएकोमा मख्खै छन् । जे होस् कामरेडहरूको शासनमा कामरेड लाई नै दशा लाग्नु स्वाभाविकै हो कि सडकबाटै सत्ता कब्जा गर्न कामरेडहरूले वर्षौं पहिले भरपुर प्रयास गरेकै हुन् । जसरी अहिले विप्लव कामरेड यो सत्तालाई सराप्दै जंगल पसेका छन्, त्यसैगरी, आजभन्दा ठीक २५ वर्ष अगाडि सत्तामा रहेका कामरेडहरूसँग कुम मिलाएर विप्लव कामरेड जंगलमै थिए ।
कामरेडहरूले जनतालाई सबैभन्दा बढी भारत विरोधी नारा लगाएर जनतालाई आफूनजिक ल्याए । भारतसँग सुरुङयुद्ध गर्ने भनेको माओवादी कामरेड भारतकै आलिसान महलमा वास बसिरहे । यता देशमा सडकबाट सत्तामा जाने अभियान चलाए हजाराँै नागरिक मारिए । हुनत देशमा परिवर्तन ल्याउने अग्रज नेताहरूले भारतको विरोध गरेरै नेपाली जनताको मन जितेका हुन जसरी केपी ओलीले चुनावताका जितेका थिए । बिपी कोइरालाले भारतको त्यति साह्रो विरोध गरेनन् र भारतसँग जनतालाई सुम्पेनन् पनि ।
अहिलेका गणतन्त्रवादी कामरेडले पुष्पलाललाई भारतको दलाल भन्न भ्याए । नेपालमा प्रजातन्त्र पछिका आन्दोलन भारतमा बसेरै सञ्चालन गरेका हुन् । आन्दोलन र परिवर्तनमा भारतको पनि हात रहने नै भयो । पुरानो सम्बन्धका कारण होला नेपालमा भारतीय गुप्तचर संस्था रअ र विदेशमन्त्री आएपछि ठूलै हलचलको शंका गरिनु स्वाभाविकै होला । कुरा गरौ नेपाल–भारत सम्बन्धको र राजनितिज्ञहरूको । नेपाली राजनितिक दलहरू सुरुमा भारत विरोधी देखिए पनि भारतकै इसारामा चल्ने गरेका उदाहरण छन् । राणहरूको विरोध, प्रजातन्त्रिक आन्दोलनदेखि गणतन्त्रसम्म ।
भारतले सहयोग गरेरै नेता सत्तामा पुगेका हुन् । हुनत नेपाल र भारत दक्षिण एसियाका घनिष्ट छिमेकी राष्ट्र हुन् र यी दुई राष्ट्र सन् १९५० को नेपाल–भारत सन्धिद्वारा बाँधिएका छन् । सन् १९५० को सन्धिले नेपाल–भारतबीच खुला सिमानाको प्रावधानअनुरूप दुवै देशका जनताले एकअर्का देशमा खुला रूपमा आवतजावत गर्न तथा व्यापार व्यवसाय गर्न पाउँछन् । यसअनुसार कैयौँ नेपाली भारतका सबैजसो स्थानमा कामको खोजीमा जान्छन् भने भारतीय नागरिक पनि नेपालका विभिन्न क्षेत्रमा काम गर्न आउँछन् । राहदानी आवश्यकता नपर्ने भएरै होला नेपालका राजादेखि प्रजातन्त्र ल्याउने र प्रजातन्त्रबाट गणतन्त्र ल्याउने कामरेडहरूले भारतमै बसेर नेपालमा उधुम मचाएका ।
जनस्तरमा रहेको सम्बन्धका साथै भारतसँग सरकारी स्तरमासमेत निकटको सम्बन्ध रहँदै आएको छ । भारत एक ठूलो राष्ट्र र बढ्दो अर्थतन्त्र भएको र नेपाल एक अति कम विकसित राष्ट्र भएकाले भारतले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । त्यो सहयोगको दम्भ देखाएरै हो नरेन्द्र मोदीले नेपालको संसद्मा सम्बोधन गर्दा पानी र जवानी पहाडमा काम लाग्दैन भनेका, नेपालविना भारत अधुरो भनेका । भारतीय सहयोग खासगरी सडक निर्माण, जलविद्युत् आयोजना, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा प्राप्त हुँदै आएको छ ।
नेपाल–भारत सम्बन्ध पूर्ण रूपमा विवादरहित भने हुन सकेको छैन । सीमा विवाद कायम नै छ । भारतले सिमानामा जबरजस्ती बल मिच्याई गरिरहेको छ । तर सुरुङ युद्ध गर्ने तयारीमा रहेका कामरेडहरू आजभोलि बोल्न सकिरहेका छैनन् । नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र तेस्रो देशसँग हुने व्यापार पनि भारत भएर नै हुने भए पनि भारतले खुला दिलले नेपाललाई सहयोग गर्न नसकेको वेलाबखत नेपालले अनुभव गर्दै आएको छ । ०४५ मा भारतले नेपालमाथि लगाएको १३ महिने नाकाबन्दी यस्तै एक उदाहरण हो । भारतले ०२७ मा पनि नेपालमाथि नाकाबन्दी लगाएको थियो । पछिल्लोपटक भारतले नेपाललाई ०७२ मा अघोषित रूपमा नाकाबन्दी लगाएको थियो ।
पछिल्लो नाकाबन्दीको निहँु त नेपालकै आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाए पछिको हो । नेपालको संविधानसभाबाट जारी संविधानमा चित्त नबुझेर मधेशवादी दलहरूले गरेको आन्दोलनमा भारतको अघोषित समर्थन । भारतले आन्दोलनको समर्थनमा नाकाबन्दी गरेको कुरालाई कहिल्यै स्वीकार गरेन, तर भारत भई नेपालमा हुने पेट्रोलियम पदार्थलगायतको आपूर्तिलाई यसकै निहँुमा अवरोध पु¥याइरह्यो । नेपाल–भारत सम्बन्ध जस्तोसुकै भए पनि भारतले नेपाली जनतालाई र नेपाललाई वेला वेला धोका दिइरहेको छ । भारतले नेपाललाई सहयोगको नाममा धोका दिइरहेको छ नेता कामरेड पहिलेदेखि अहिलेसम्म किनाराका साक्षी मात्रै हुने गरेका छन् । धर्म र पूजापाठमा विश्वास नगर्ने कामरेड भारतको लागि भने जस्तो–जस्तो बाहुन बाजे त्यस्तै–त्यस्तै स्वाहा गरिरहेका छन् ।
हिजो अस्तिकै कुरा गर्ने हो भने पनि भारतीय गुप्तचर संस्थाका प्रमुखसँगको भेटपछि सरकार प्रमुख र अध्यक्ष एकै साथ विदेशीएका छन् । सत्तारुढकै दुईनेता औषधि उपचारकै नाममा विदेश भ्रमणमा छन् । हुनत नेपालमा ठूला ठूला घटना भएपछि वा हुनुभन्दा अगाडि विदेश भ्रमण गर्ने र विदेशमै सम्झौता गरेर नेपाल आउने चलन छ । नेपालमा प्रजातन्त्र आउने वेला होस वा पञ्चायत सुरु गरिँदा भारतकै सहयोग रह्यो । गणतन्त्र आउँदा प्रचण्ड देखि बाबुराम भारतमै बसेर नेपालमा आन्दोलन सञ्चालन गरे । पछि बाह्रबुँदे महमति पनि भारतमै भयो । ७० वर्षसम्म फुटको राजनितिमा आएका नेपाली कम्युनिस्ट दुई ठूलादलको एकीकरण एक वर्षमै सफल भयो । कामरेडहरूले शंका गरिनु पर्ने धेरै ठाउँ छाडेका छन् । हाम्रा कामरेडको लागी भारत अन्नदाता भएको छ ।
उपचारकै लागि विदेशिने नेपालको स्वास्थ्य संस्थामाथिको अविश्वास कामरेडहरूले नै सिर्जना गरेका हुन् । नेपालको जुन अस्पताल भारत स्वतन्त्र हुनुभन्दा पहिलै स्थापना भइसकेको थियो । त्यो अस्पताल सुधार गरिनुको साटो कामरेडहरू उपचारको लागि विदेश जाने चलन बढ्यो । जनतालाई भारतविरोधी बनाएर आन्दोलनका नाईके भएपछि सरकारममा पुगेका कामरेड हरूले देशको अर्थतन्त्र सुधार्न सकेको छैन । आन्दोलनमै रहेको विप्लव एनसियल माथि आक्रमण गरिरहेको छ । विदेशी लगानीले कर नतिरेको निहँुमा । विप्लवको अराजक गतिविधि सरकारले रोक्ने सकेको छैन ।
कामरेडले आफ्नो बहुमतीय दुईतिहाइको सरकारको पालामा देशमा ठूला–ठूला काण्ड खुब चर्चामा रहे । होली वाइन, सिके रावत, दीपक मनाङे, विप्लवलाई प्रतिबन्ध, सुनकाण्ड, बालुवाटार जग्गा काण्डले खुब चर्चा पायो । रेसम चौधरीलाई संसद्मा शपथ खुवाएर जेल चलान माओवादी युद्धको समयमा तत्कालीन नेपाली सेनाको जागीरबाट भागेर जनमुक्ति सेनामा भर्ना भई सेक्सन कमान्डरको जिम्मेवारी सम्हालेका एकजना सैनिकले जन्मकैदको सजाए भोग्नुप¥यो । जनताका गीत गाउने माइला लामा जेलको सजाय भोगिरहेका छन् । कामरेडले आफ्नो शासनकाल राम्रैसँग बिताउने भएका छन् ।
कामरेडहरूको बोलाइ पनि अलि उत्ताउलो नभएको होइन । प्रधानमन्त्री मजाकिला भए सञ्चारमन्त्री उत्ताउला भए गृहमन्त्री संवेदनाविहीन भए । उदाहरण नै लिने हो भने प्रधानमन्त्री कार्यक्रममा बोल्दा जनतालाई हँसायरै मन जित्न थालेका छन् । केही दिन पहिले बुद्धको जन्मस्थानमा बुद्धकै मूर्ति तोडफोड हुँदा सञ्चारमन्त्रीले सामान्य भयो भन्नेबाहेक दोषीलाई कारबाहिको लागि पहल नै नगरेको जस्तो देखियो । गृहमन्त्रीले निर्मला हत्याकाण्ड हिजो पनि थियो आज पनि छ भोलि पनि रहिरहन्छ भनेर जनताको मन दुखाएनन् मात्र आफूमाथि नै आविश्वास खडा गरिछाडे । सौर्य अनलाईन बाट सभार