कञ्चनपुर ,जेठ, २३। कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका विद्यालयमा ४ दिन बिदा हुने भएको छ । पछिल्लो केही दिनयता गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबै विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको हो ।

सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिकाले जारी गरेको सुचनामा यही जेठ २४ गतेदेखि जेठ २७ गते शुक्रवारसम्म विदा दिने निर्णय गरेको उल्लेख गरिएको छ । गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर परेकाले यस्तो निर्णय गरिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुस