म क्रान्तिकारी ।
विरेन्द्र शाह,

म क्रान्तिकारी
मेरो सपना
असमानता र विभेद हटाउने
देश बदल्ने ,
दुनियाँमा बदल्ने
तर उनी भन्थिन ,
देश र दुनियाँ बदलिदैन प्रिय ,
आफ्नै जीवन सुखी र खुशी बनाउ
तर म भन्थे र भन्छु ।।
तिमी श्रृङ्गार बाटो त्याग
संघर्षको बाटोमा आउ
अनि देश पनि
दुनियाँ पनि
बदलिन्छ प्रिय ।

म क्रान्तिकारी
एउटा नयाँ बस्ती बसाउन
बेपरवाह अगाडी बढिरहे छु
त्यस्तो बस्ती ।।।।
जहाँ कुनै धर्मको झन्डा नहोस
कुनै जातपातको विभेद नहोस
मानवता विरोधी
कुनै बार पर्खाल नहुन
जहाँ सदवै
न्याय,समानता र स्वतन्त्रताका
झन्डाहरु फहराई रहुन १

म क्रान्तिकारी
तोडने छु सबै प्रश्नहरुका घेराहरु
निर्भीक र अविचलित
क्रान्तिको यात्रा अगाडी बढीरहने छु
उचाली रहने छु
क्रान्तिको झण्डा
एक थोपा रगत
र अन्तिम सास रहुन्जेल सम्म ,
त्यसैले त प्रिय
म भन्छु
देश र दुनियाँ बदलिन्छ
हुन सक्छ बदलिएको
देश र दुनियाँमा
म नहुन सक्छु ,
सुखी र खुशी भई बस्नु तिमी
हामिले बदली दिएको देश र दुनियाँमा
मेरो खुशी र सुख त्यही हुनेछ प्रिय ।
लेखक नेकपा पार्टी निकट अखिल क्रान्तिकारी का युवा नेता हुन ।

प्रतिक्रिया दिनुस