दिपकराज भट्ट्
डडल्धुरा मंसिर १९ , भागेश्वरका कालु टमटा आरन पेशामा बस्न थालेको ९० वर्ष हुनथाल्यो । ८ वर्षको उमेरमा पहिलो पटक उनले आरन चलाउन सुरु गरेका हुन । ‘बुबा घरमा नभएको मौकापारी पहिलोपटक हँसिया बनाउन सुरु गरेको हुँ टमटाले झन्डै शताब्दीअघिको कुरा सम्झँदै भने, ‘मैले बनाएको हँसिया देखेपछि कसैले विश्वासै गरेनन ।’
डडेल्धुरा भागेश्वर गाँउपालिका डुंगरीका टमटाहरूले बनाएका तामा पित्तलका सामान भारतको टनकपुर सम्म प्रख्यात रहेको उनले बताए । ‘दार्चुला, बैतडी, बझाङ हुँदै बाजुरा, अछाम र डोटीसम्म हामीले बनाएका सामान बिक्रीहुन्थ्यो,’ उनी भन्छन, ‘अब त सम्झनामा मात्र रहे त्यो सीप, हाम्रै पुस्तासम्म सीमित भयो । समयसँगै हाम्रो पेसा पनि विस्तारै लोप हुनथालेको छ ।’
डेढ दशकदेखि राजमार्ग छेउ टिनको छाप्रो बनाएर महादेवले आरन चलाउन सुरु गरेका हुन । यसअघि उनी गाउँमै आरन चलाउँथे । तामा ,पित्तलका मूर्ति र देवी देउतामा चढाउने सामान बनाउने उनी कलाकार पनि हुन । उनका बुबा वीर भानकुनै समय तामा पित्तलको कामकालागि प्रख्यात थिए । ‘पुर्ख्यौंली पेसा धान्ननिकै कठिन भइसकेको छ,’ महादेवले भने, ‘हामीले बनाउने सामानभन्दा कम्पनीबाट बनेर आएका सामान सस्तोमा पाउन थाले पछि बिस्तारै यो पेसावाट धेरै पलायन हुनथाले ।’
देवी देउताका लागि चाहिने भाँडाकुँडा, मूर्ति, जात्रामा प्रयोग हुने बाजा, मन्दिरमा चढाउने सामान समेत कम्पनीबाटै बनेर आउन थालेपछि पछिल्लो पुस्ता पेसाबाट टाढिँदै जानथालेको उनले बताए । आफ्नो समयका यी दुवै डडेल्धुरामा तामापित्तल, काँस र फलामका सामान बनाउने दुर्लभ सीपभएका ३ हजार बढी परिवार मध्ये । जसमा अधिकांश यो पेसाबाट सकेका छन् । हुन पनिकुनै समय सुदूर र मध्यपश्चिर्म कुमाउँसम्म डडेलुधरामा उत्पादन , पित्तल र काँसका भाँडाकुडाको ठूलो व्यापार हुन्थ्यो ।
‘विभिन्न ठाउँमा हुने जात्रामा वर्षभर हामीले बनाएका सामानपुग्थे,’ कालु भन्छन, ‘गिलास, लोहोटा, थाल, करुवा, गाग्री, कराही, हुक्का, हँसिया, बन्चरो, तरबार, खानापकाउने भाँडाकुँडा र देवी–देउतालाई चढाउन चाहिने सामान ठूलो मात्रामा बाहिर जान्थ्यो ।’ कैलाली र कञ्चनपुर सडक यातायात सँग नजोडिँदा सम्म डडेलधुरामा उत्पादनहुने यी सबै सामान भारतको कुमाउँ सम्म निर्यात हुन्थे ।
‘डडेलधुराबाट जोगबुढा हुँदै टनकपुरमा सामान भण्डारण हुन्थ्यो,’ ४० वर्ष अघिसम्म तामापित्तलको कारोबार गर्ने टमटा भन्छन, ‘कुमाउँतिर जाने सामान टनकपुरसम्म र बैतडी दार्चुलाबझाङ जाने सामान बैतडीको पाटनसम्म पु¥याउने कामगर्थें ।’ उनले त्यतिबेला सय किलो सामान टनकपुर पुगाएको ९ रुपैयाँ सम्म बुझेको बताउँछन । ब्यबसाय पनि कमहुदै गयो बुढो पनिहुँदै गएअब त सय पुग्न ८÷१० वर्षवाँकी होला,’उनले भने ।
बैतडीको मेलौली, डडेलधुराको उग्रतारा, दार्चुलागोकुलेको शिवरात्रि, अछामको वैद्यनाथमाहुने जात्रा र भारतको धार्चुलाको जौलजीवी मेलामा ठूलो मात्रामा डडेलधुरामाबनेका सामानबिक्रीहुने मुख्य केन्द्र थिए । जात्रा सुरु हुन साताअघि देखि नै सामान बोकाएर व्यापारी जात्रा स्थलमापुगिसक्थे । दर्जनौंपटक जात्रामापुगेकाउनीहरु, ‘अहिलेको जस्तो भएहिसाब–किताब राख्थे हुंँला त्यतिवेला कतिव्यवसाय भयो अनुमान छैन ।’
‘दैनिक उपभोग्य भाँडाकुँडा मात्र होइन हाम्रो समुदाय भित्रअ जयमेरु, डुगरी, हाट, दमडा, वेलापुर खुनी, कोटेली र सतीगाउँमा आज पनि दुर्लभ सीप भएका व्यक्ति जीवित छन,’ उनले भने । आफ्नै देशमा भएको सीप आधुनिकीकरण गरि निर्माणमा लगाउनु भन्दा वाहिरको सामान आयातमा प्रोत्साहन हुन थालेपछि दलित समुदायसँग भएको सीपलोप हुनथालेको उनले बताए ।

प्रतिक्रिया दिनुस