कैलाली मंसिर २० ,कैलाली जिल्लाको गोदावरी नगरपालिकामा रहेको ग्वाशी माध्यमिक विध्यालयमा नेकपा (क्रान्तिकारी माओवादी )निकट अखिल क्रान्तिकारीले संगठन बिस्तार गरेको छ । आजअखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष पुष्कर जोशी लगायत जिल्लाका नेताहरु दीपेन्द्र कुँवर, ऋषि भण्डारी, गणेश भट्ट, वसन्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा ८५ सदस्यिय एकाई कमिटी निर्माण गरिएको अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष पुष्कर जोशी जानकारी दिनुभयो। एकाई कमिटि अध्यक्षमा अनिल ताम्राकार , उपाध्यक्ष खिमा रावल , सचिव ज्योति भट्ट , सहसचिव दिनेश नागरी , कोषाध्यक्ष रमेश भाट , सदस्यहरुमा महिमा चौधरी , पूर्णिमा जोशी , रिता बोहरा लगायत रहेका छन ।


अखिल क्रान्तिकारी केन्दरीय सदस्य तथा जिल्ला अध्यक्ष जोशीले अखिल क्रान्तिकारी एउटा सर्वहारा गरीब निमुखा र पिछडिएका विध्यार्थी हरुको अभिवावक हो अखिल क्रान्तिकारीले मात्रै सम्पूर्ण विद्यार्थीको हक अधिकारका लागि बलिदानीपूर्ण संघर्ष गर्दै आएको हुदा अखिल क्रान्तिकारीको संगठन बिस्तार गरेको बताए । आम युवा विध्यार्थीलाई अखिल क्रान्तिकारीमा संगठित भएर लाग्न आग्रह समेत गरे बताए ।

प्रतिक्रिया दिनुस