कैलाली मंसिर २० , सरकार द्धारा प्रतिबन्धित ‘विप्लव’ नेकपा निकट अखिल क्रान्तिकारीले सीमा अतिक्रमण विरुद्ध कैलालीमा प्रदर्शन गरेको छ। सेती महाकाली ब्यूरोअन्तर्गत कैलाली जिल्ला समितीले शुक्रबार भारतीय हस्तक्षेप विरुद्ध कैलालीमा प्रदर्शन गरेको हो।

कैलालीका विभिन्न विद्यालयका विद्यार्थीहरुसहित विरोधमा उत्रेको क्रान्तिकारीले नेपालको नक्सा समेत प्रदर्शन गरेको थियो विरोध प्रदर्शनपछि र्याली कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंहले सीमा अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताए।

नेपाली भूमिको रक्षा गर्न क्रान्तिकारी जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको बताउँदै सिंहले आगामी दिनमा आन्दोलनलाई थप शसक्त बनाइने उद्घोष गरे।

प्रतिक्रिया दिनुस