( विरेन्द्र शाह )
नेपालको राजनीतिक आन्दोलनमा मेहनतकश नेपाली जनताको रगत र पसिनाको मुल्यको सदैव अपमान भएको छ। मुख्यतय २००७ साल यता ठुल,ठुला राजनितीक संघर्षहरु चले जनताहरुले जहाँनिया राणा शासन, पन्चायती व्यवस्था र राजतन्त्रका विरुद्धमा संघर्ष गरे र सबै जनविरोधी व्यवस्थाहरु धरासयी बनाए तर आज सम्म पनि जनताको जिवनमा कुनै पनि परिवर्तन आएन। यता पुरानै शैली, संस्कार र प्रवृत्ती अहिलेका राजनीति दल र नेताहरूमा देखा परेका छ्न। नेपाली काङ्ग्रेसले विपिको समाजवादको नारा बेचेर खाई रहेको छ, एमाले नामको दलले अस्तिसम्म पनि मदन भन्डारीको जनताको बहुदलीय जनवाद बेचेर खादै थियो, प्रचण्ड पार्टीले जनयुद्धका सहिदहरुको रगत बेचेर खादै थियो हाल एमाले(माकेको अप्राकृतिक विचार, सिद्धान्त,दर्शन का आधारमा मेल बाट कथित नेकपा भन्ने दल निर्माण गरेका छ्न जो केवल सरकार सत्ता र कुर्सीका लागि थियो भन्ने कुरा प्रमाणित भैसकेको छ। नेपालको राजनीतिमा क्राङ्गेस एमाले प्रतिक्रियावादी, जनविरोधी,राष्ट्रविरोधीको कित्तामा थिए माओवादी पार्टी जनताको नयाँ आशाको किरणको रुपमा उदाएको थियो तर प्रचण्डको लम्पसारवाद, आत्मसमर्पणवाद, दक्षिणपन्थी नवसंसोधनवाद ले सबै गर्ल्यामगुर्लुम ढालिदियो। जसले गर्दा नेपाल पुनः अधुरो र अपुरो क्रान्ति पूरा गर्ने अग्रगामी संघर्ष अगाडी बढेको छ जसको नेतृत्व माओवादी आन्दोलनकै एउटा पात्र विप्लव ले गर्नुभएको छ। विप्लवले अगाडि सार्नु भएको एकीकृत जनक्रान्तिको कार्यदिशा, अन्य सैद्धान्तिक पक्ष र पाटाहरुमा गर्नुभएको फेरबदलको सन्दर्भमा एउटा नयाँ बहसको रुपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत त्यसको असर पर्ने देखिन्छ। अहिले बहसको विषय मुख्यत माओवादी आन्दोलनमा प्रचण्डले गरेको गद्दारी बाट भएको प्रतिक्रान्तिका असर र प्रभावहरु आम रुपमा सबैले बुझेकै छौ तर अहिले हामिले शुरु गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा बाट वैज्ञानिक समाजवाद ल्याउने संघर्षमा होमिएका योद्धाहरु र आन्दोलन भन्दा बाहिर र जोडिन खोज्ने कमरेडहरु लाई समेत झस्काई रहेको छ र त्यसबाट क्रान्तिमा निक्कै चुनौती थपिएको छ।
नेपालमा २०५२ सालमा सुरु गरिएको जनयुद्ध किन शुरु र के का लागि शुरु सुस्पष्ट थियो। संसदीय व्यवस्थामा जाने कुरा परिकल्पनाको विषय पनि थिएन र संसदीय व्यवस्था मान्ने राजनीति दलहरुको बारेमा स्पष्ट दृष्टिकोण पुर्व प्रचण्डले अति नै विश्लेषणात्मक तरिकाले गरेका थिए। जनयुद्धमा एउटा गतिमा अगाडी बढयो नेतृत्व लाई सर्वोपरि ठानियो। पटक(पटक वार्ताका विषय पनि अगाडि आए असफल भए अन्तिममा दिल्लिमा गएर १२ बुदे विस्तृत शान्ती सम्झौता भयो। कार्यकर्ता लाई भुलाउन सडक र सदन बाट सत्ता कब्जा गर्ने नयाँ रणनीति त्यो बेलाका प्रचण्ड ले अख्तियार गरे जो देखावटी मात्रै थियो आखिर माओवादी आन्दोलनमा विद्रोह भयो एउटा धार प्रचण्डको पतन बाट पाठ सिक्दै मोहन वैद्य ुकिरणु को नेतृत्वमा नयाँ संघर्षको दिशा तिर अगाडी बढ्यो जो अहिले विप्लव नेतृत्वको नेकपा सम्म आई पुगेको छ र देशमा संघर्ष पेचिलो बनेको छ। संघर्षको दौरान प्रतिक्रान्ति र प्रचण्डको आत्मसमर्पणले हामीलाई झस्काई रहेको छ। जनयुद्धताका नेताकार्यकर्ताहरुको क्रान्ति प्रतिको अनौठो प्रतिबद्धता ले जनयुद्ध त्यो उचाईमा पुगेको हो। त्यो प्रतिबद्धताको विकास अहिले पुर्ण रुपमा हुन सकेको छैन। राजनीतिक संघर्षका दृष्टिकोणले अहिले दुईटा पुस्ता एकीकृत जनक्रान्तिमा सहभागी छ्न एउटा जनयुद्ध लडेको पुस्ता र अर्को जनयुद्धमा सहभागी नभएको नयाँ पुस्ता। जनयुद्धमा सहभागी भएका कमरेडहरु लाई प्रचण्डहरुको गद्दारीले झस्काउदा धैरै थोर परिवारको माया र नाफाको जिन्दगीको विषयमा गम्भीर बन्छ्न र सङ्गैको सहयोद्धा मन्त्री(मन्त्रालय,महल(मदिरा र महफिलको राप दिदै हिडछ र त्यो राप र तापले केही कमजोर मनोवैज्ञानिक र मनस्थिति भएका कमरेडहरु लाई थिच्छ र पछिल्लो केहि नेताकार्यकर्ताहरुको प्रचण्डको शरणमा पलायनको शृङ्खला त्यसैको अभिव्यक्त रुप हो। अर्को नयाँ पुस्ताको सन्दर्भमा कुरा गर्दा पहिलो कुरा त नेपालको घिन लाग्दो फोहरी राजनीतिले नयाँ युवा पुस्तामा राजनीति प्रती वितृष्णा छ। सजिलै नयाँ संघर्षका लागि तयार हुन सकिरहेका छैनन। देशमा भविष्य नदेखे पछि वैदेशिक रोजगार अन्तिम र बाध्यता गन्तव्य बन्न पुगेको छ। केही युवा आन्दोलनमा लागे पनि नयाँ उत्साह र उमंग पैदा हुन सकेको छैन त्यहाँ पनि विगतको जनता माथी भएको घात प्रतिघातको राजनीतिक चित्रले छोई रहन्छ त्यसैमा माओवादी आन्दोलन धरासयी बनेको परिस्थिति र प्रचण्डको आत्मसमर्पण ले घोचिरहन्छ। प्रचण्डको गद्दारी,आत्मसमर्पण, एमालेमा पलायन र दलाल संसदीय पुजीवादी व्यवस्थामा चुर्लुम्म डुब्नुले नेपालको राजनीतिक आन्दोलनमा ईतिहासकै सबै भन्दा ठूलो धोकाधडी थियो जनता प्रति । विश्व कम्युनिस्ट आन्दोलनकै पछिल्लो सन्दर्भमा प्रतिक्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट नेताहरुको विषयमा छलफल चल्दा स्वस्फूर्त रुपमा प्रचण्डको चित्र बन्ने गर्छ दिमागमा। यसरी प्रचण्ड विश्व कम्युनिस्ट आन्दोलनका गद्दारहरु बर्नस्टिन, कार्ल काउत्सकी, खुश्चोभ, टिटो, देङ्ग, ज्योतिबसुको दाङ्गमा लहरै उभिन पुगे। कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलन र जनयुद्धका सर्वोच्च कमान्डर र विश्व कम्युनिस्ट आन्दोलनका उदाउँदो नेता प्रचण्डको पतनले सबैलाई झस्काई रहेको छ, पीडा र चोट दिईरहेको छ। त्यसैले अहिले मानिसहरु कम्युनिस्ट आन्दोलनमा पुनः अर्को कोई प्रचण्ड बन्ने खतरा कत्तिको छ भनेर प्रश्न उठाई रहन्छ। जसले गर्दा संघर्षमा जोडिन खोज्नेहरु पनि अल्मलिएका छ्न र केहि प्रचण्डकै शरणमा रुमलिएका छ्न। यता नेकपा का महासचिव क। विप्लवले कम्युनिस्ट आन्दोलनमा अर्को प्रचण्ड नजन्मिने गरि सैद्धान्तिक पक्ष र पाटाहरुमा फेरबदल गरेका छ्न जसको व्याख्या उहाँ राजनीतिक दस्तावेजहरुमा अध्ययन गर्न सकिन्छ र केही नयाँ सैद्धान्तिक विकासहरु गरेका छ्न जसमा कम्युनिस्ट संस्कार र संस्कृतिको विकासको कुरा, नेतृत्वको समायावधीको विषय पनि मुख्य कुरा हुन।
तसर्थ, विगतको त्यो राजनीतिक आन्दोलन खासमा माओवादी आन्दोलनको दुःखान्त अन्त र पुर्व प्रचण्डहरु बाट भएको धोकाधडी र गद्दारीको त्यो वियोगान्त पिडा लाई शक्तिमा बदल्नु पर्छ र नयाँ उर्जा सहित क्रान्तिमा अगाडि बढनु पर्छ। प्रचण्डको गद्दारीले झस्काई रहने र हामी सधै झस्की रहने कुराले मात्रै हुदैन। कमिकमजोरीहरु बाट नयाँ सिख लिन विगतको सम्झना त गर्न सकिएला तर विगतमा फर्किन सकिन्न र आन्दोलन भन्दा बाहिर बसेका कमरेडहरुले क्रान्ति अधुरै छोडेर जाने प्रचण्डहरुको सम्झनामा विरक्तिएर बस्नु हुँदैन अब नयाँ शिरा बाट हसिया हथौड़ाको झन्डा उचाल्नै पर्छ। जनताहरु लाई बाडेको न्याय,समानता र मुक्तिको सपना मर्न दिनु हुदैन।