दाङ माघ २७, राष्ट्रिय स्वाधीनताको रक्षा तथा संगठन विस्तार अभियान सञ्चालन गरेको नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम कमाण्डको अभियान टोलीले दाङ जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।

अभियान टोलीका सदस्य नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम इन्चार्ज अनुकलले जानकारी दिए अनुसार एमसीसी खारेजी तथा सिमा अतिक्रमणका बिरुद्ध जारी अभियान टोलीले दाङ जिल्लाका बिभिन्न स्थानमा कोण सभा सम्पन्न गरेको जनाइएको छ ।

तुलसीपुर बजारमा आयोजित कोणसभामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज निरज केसी देजमो सचिव ईश्वरी गैरेले मन्तब्य राख्नुभएको थियो । सो कार्यक्रमको संचालन क्रान्तिकारी युवा लीगका महासचिव दिलबहादुर कठायतले गरेको बताइएको छ ।

त्यस्तै दाङकै घोराहीस्थित नारायणपुरमा आयोजित कोणसभालाई क्रान्तिकारी माओवादीका पोलिटब्युृरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रम सुवेदी, देजमो दाङका अध्यक्ष नरेन्द्र बन्जाडेले सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रमको संचालन देजमोका प्रदेश सचिव तेजबिक्रम शाहीले गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुस