बैतडी माघ २६ , बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेस कोकुलेश्वमा चेकजाँचका क्रममा मृत चित्तल फेला परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको जनाएको छ ।

महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाँचका क्रममा मृत चित्तल भेटिएपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताउनुभयो ।उनका अनुसार एम्बुलेन्स चालक महेश बोहोरालाई पनि पक्राउ गरिएको छ । कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको एम्बुलेन्स चालक महेश बोहराले प्रहरी समक्ष बयान दिएका छन् ।  अहिले मुचुल्का उठाउने काम भईरहको र केही बेरमा सव डिभिजन वन कार्यालय चौलानीलाई बुझाईने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस