कञ्चनपुर माघ २८ , बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए।

प्रशासन ओहोरदोहोरमा धर्नामा बसेकाहरुले हस्तक्षेप गर्न थालेपछि र ‘आवागमनमा असहज परिस्थित सृजना गरेपछि हामी नियन्त्रणमा लिएका प्रहरी जनाएको छ ।पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ७ जना रहेका छन्।

जिल्ला प्रशासन कार्यालयको मूलगेटमा निर्मलाको न्याय तथा घाइतेहरुको उपचार खर्च लगायतको माग गर्दै न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मीहरु एक महिनादेखि धर्नामा बसेका थिए।।

प्रतिक्रिया दिनुस