कैलाली फागुन २४, कैलालीमा एक बालकले आफ्नै भाईको हत्या गरेका छन । १२ वर्षीय दाईले आफ्नै डेढ वर्षका भाईको कुटेर हत्या गरेका हुन । आमा जंगलमा घास दाउरा गर्न गएका बेला चुरे गाउँपालिका वडा नम्बर ४ मा १२ वर्षीय दाईले डेढ वर्षका भाईको कुटपिट गरी हत्या गरेका हुन् ।

उनले भाईलाई हात र लठ्ठीले कुटपीट गरी घाईते बनाएका थिए । गम्भिर घाईते भएका डेढ बर्षका भाईको उपचारका क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सौतेला भाई रहेका मृतकका बुबा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । भाईको हत्या गर्ने दाईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान भईरहेको कैलाली प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस