काठमाडौं फगुन २४ ,२०५८साल फागुन २२ गते बिराटनगरबाट गिरफ्तार गरि २ दिनको चरम यातना पश्चात् आजकै दिन फागुन २४ गते हिरासतमा गोलि हानी हत्या गरिएका सहिद बेनोज अधिकारीको श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

अखिल(क्रान्तिकारी)को उच्च तहबाट बलिदान गर्नुहुने उहाँको सम्झनामा शनीवार अखिल क्रान्तिकारीले केन्द्रीय कार्यलय बागबजारमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।

सहिद बेनोज अधिकारीको योगदानको बारे चर्चा गर्दै अखिल क्रान्तिकारीका महासचिव पेशल दाहालले सहिद बेनोजलाई कहिल्यै भुल्न नसक्ने र उहाँले देखाएको बाटोमा निरन्तर लाग्ने बताए ।श्रद्धाञ्जलीकार्यक्रमको संचालन केन्द्रीय सचिव सुर्य कार्कीले गर्नुभएको थियो ।उक्त कार्यक्रममा संगठनका केन्द्रीय नेताहरुको समेत बिशेष सहभागी रहेको थियो ।

२०३०-४- २० गते तनहुमा जन्मेका बेनोज अधिकारी काठमाण्डौंमा बिबिएस पढ्न मिनभबन क्याम्पस प्रवेस गरेसँगै सकृय राजनीति शुरु गरेका अधिकारी काठमाडौ जिल्ला सचिब,काठमाडौ जिल्ला अध्यक्ष,२०५४ मा केन्द्रीय सदस्य,२०५६ को १४ औं रास्ट्रिय सम्मेलनबाट सचिब हुदै २०५८को १५ औं रास्ट्रिय सम्मेलनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुस