कैलाली फागुन २५ , नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कैलाली जिल्लाका विभिन्न सरकारी कार्यालयमा नेपालको सक्कली नक्सा बितरण गरेका छन ।

माघ १५ देखि देशव्यापी रुपमा सञ्चालन गरिरहेको ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियानको शिलशिलामा कैलाली जिल्लाका सरकारी कार्यालयहरुमा नक्सा बितरण गरेको नेकपा क्रान्तिकारी माओवादीका कैलाली जिल्ला पार्टी सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सदस्य टंक कोइरालाले जानकारी दिनुभयो ।


नक्सा बितरण कैलाली जिल्ला प्रशासन कार्यालय ,सरकारी वकिलको कार्यालय यातायात कार्यालय , नापी कार्यालय, टिकापुर नगरपालिका ,जोशीपुर गाउँपालिका ,जानकाी गाउँपालिका लगायतका सरकारी कार्यालयमा नेपालको सक्कली नक्साा बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुस