दिपक राज भट्ट ,
डडेल्धुराका ,फागुन २५ , बैतडीको पाटन नगरपालिका– ६ मा जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

गम्भीर घाइते दार्चुलाको दुहु गाउँपालिकाका ४ का ४१ वर्षीय प्रेमबल्लब जोशी र ३८ वर्षीय हरकसिंह बडाललाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई नेपानी सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।

आइतबार बिहान बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो।  धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट९१२५७० सुप ००१ ज १२५७ नम्बरको जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ मा दुर्घटनामा परेको थियो। जिप सडकबाट २५० मिटर तल खसेको प्रहरीले जनाइएको छ। दुर्घटनाको कारण भने अहिले सम्म खुलेको छैन।

प्रतिक्रिया दिनुस