कञ्चनपुर, २८ फागुन कञ्चनपुरमा एक बालककोविभत्स हत्या भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखाममा बाबुले छोरालाई छुरा प्रहार गरि हत्या गरिदिएका छन् ।

भीमदत्त २ उल्टाखामका डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बुधबार साँझतिर घरमै डम्बरले छोरालाई छुरा प्रहार गरेर घाईते बनाएको बताए ।

उपचारका लागि घरदेखि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको उनले बताए । छोरामाथी छुरा प्रहार गर्ने डम्बरलाई पक्राउ गरिसकेको बताउदै उनले घटना स्थलबाट छुरासमेत बरामद गरिएको बताए ।

बालकको शव महाकाली अस्पतालमा राखिएको छ । घटनाले चन्द परिवार सहित गाउँ नै शोकमा डुबेको छ । आफ्नै बाबुले छोराको हत्या गरेपछि समाजिक अपराधले सीमा नाघेको भन्दै स्थानीय चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुस