विकास सिह महता
कञ्चनपुर, बैशाख, ८ । सुदूरपश्चिम प्रदेश कैलाली कञ्चनपुरमा केही लागु औषध, शिकारी र जनप्रतिनिधीबाट लकडाउन उलङघन मात्र नभई अपराधमा संलग्न भएका घटना बाहिरन लागेका छन् । लकडाउनका बेला कैलाली गोदाबरी नगरपालिकाका जनप्रतिनिधीदेखि, लागु औषधका तस्कर र शिकारी कञ्चनपुरमा पक्राउ पर्न थालेपछि गोदाबारी नगरपालिकाबाट कञ्चनपुर आएर अपराध गर्ने तथ्य खुलेको छ ।
२५ चैत्रमा गोदाबारी नगरपालिका १० का वडाध्यक्ष रविन्द्र शाही ,गुड्डु चढेको भारतीय नम्बर प्लेटको जिपभित्र रहेका अवैध हतियार सशस्त्र प्रहरीले गुलरियाबाट निन्त्रणमा लिएको थियो ।
वडाध्यक्ष शाही चढेको भारतीय नम्बरको जिप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको १० दिनमै ३ बैशाखमा इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले कैलालीको गोदाबरी नगरपालिका ११ कालिका टोलका स्थानीय बुद्ध मोहन बहादुर साउदलाई पक्राउ गरेको थियो । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष शाही र साउद बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हतियार खरखजाना अन्र्तरगत मुद्दा चलाएको छ । कोरोना भाईरस९कोडिभ १९० रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । एक स्थानीय तह, जिल्लाबाट अर्को जिल्ला जान आउन रोक भएपनि कैलाली गोदाबरी नगरपालिका जनप्रतिनिधीदेखि, शिकारी र लागु औषधका तस्कर अपराध गर्न कञ्चनपुर आउने उक्त तथ्यले देखाएको छ । कञ्चनपुरको पुर्वी क्षेत्र कैलालीको गोदाबारी नगरपालिकासंग जोडिएको उत्तरदेखि दक्षिणसम्म कञ्चनपुरका सुरक्षा निकायले उच्च निगरानीमा राखेको छ । गोदाबारीका जनप्रतिनिधी, शिकारी लागु औषधका तस्कर कञ्चनपुरमा पुगेर पक्राउ पर्न थालेपछि कञ्चनपुर कैलालीको गोदाबारी नगरपालिका क्षेत्रका अपराधीबाट असान्ती रहेको स्थानीयको भनाई छ । स्थानीयले लकडाउन उलङघन गर्दै अपराधिक कृयाकलाप गर्न कञ्चनपुर पुगेर पक्राउ परेका, नपरेका सबैलाई कडा कार्बाहीको माग अघि सारेका छन् ।
कैलालीका दुई लागु औषधका तस्कर कञ्चनपुरमा पक्राउ परेका छन् । कैलाली गोदाबरी नगरपालिका १ अत्तरियाका लागु औषधका तस्कर कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाहमा पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट बेलडाँडी९झिलमिला०को टोलीले अत्तरियाका लागु औषधका तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । सशस्त्र प्रहरी बल शैलेश्वरीका गणपति बीरसिह शाहुले लकडाउनका बेला से ७ प ५३६६ नम्बरको मोटरसाईकल चढेर आएका दुईजनामाथि खानतलासीका क्रममा ब्राउन सुगर फेला परेको बताए ।

कैलालीको अत्तरियादेखि झण्डै १५० किलोमिटर पश्चिम कञ्चनपुरको बेलडाँडीबाट गोदाबारी नगरपालिका १ अत्तरियाका २२ बर्षिया बिरेन्द्र चौधरी, २५ बर्षिया दिपक चौधरीको साथबाट एक ग्राम ब्राउन सुगर ९लागु औषध० फेला परेपछि सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय बेलडाँडीलाई ब्राउन सुगर, मोटरसाईकल र दुवै जनालाई बुझाएको छ । उनीहरुले बिक्रि गर्न वा कसैबाट खरिद गरेको हो, भन्ने बारेमा बेलडाँडी प्रहरीले अनुसन्धान थालेको जनाएको छ । महामारीको बेला गोदाबरी नगरका काँग्रेस वडाध्यक्ष जनताको सुखदुखमा साथ दिनुको साटो हतियार बोकेर कञ्चनपुर, त्यहाँका स्थानीय बन्दुक बोकेर कञ्चनपुर, अनि केही लागु औषध बोकेर कञ्चनपुर पुगेपछि कहिले सशस्त्र प्रहरी कहिले प्रहरीको फन्दामा परेपछि स्थानीयले अपराध गर्न अर्कोे जिल्ला आएकालाई कढा कार्बाहीको माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुस