विकास सिह महता कञ्चनपुर , बैशाख ८ । फागुन महिनामा कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा संचालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक तथा पर्यटन महोत्सवका लागि बाल उद्यानमा आएका भारतीय मजदुरलाई खाद्यान्न समस्या भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले फागुन पहिलो सातादेखि महोत्सव संचालन गरेको थियो, त्यही महोत्सवमा बाल उद्यानमा काम गर्न आएका भारतीय मजदुरलाई खाद्यान्न समस्या भएको हो ।

बाल उद्यानका भारतीय नागरिक मजदुर सुल्तान खानले ठेकेदारको लार्पबाहीका कारण आफुहरु समस्यामा परेको बताए । ‘हामीहरुलाई ठेकेदारले यहाँबाट अर्को मेलामा जानुपर्छ भनेर रोकेको रोक्यौ राख्यो, ‘उनले भने, ‘अहिले लकडाउ भएपछि हामी नेपालमै बसेका छौँ ।’

उनका अनुसार अर्जुन चौधरी ठेकेदारका कारण आफुहरुको विचल्ली भएको छ । उनले महिला, बालबालिका युवक सहित जेष्ठ नागरिक गरेर २५जना मञ्चमै महिनौँदेखि समस्याग्रस्थ रुपमा बस्दै आएको बताए । ‘बाहिरको हावापानी, घामबाट हामीलाई पीडा नै छ, ‘उनले भने, ‘त्यो भन्दा खाद्यान्नको समस्या भएको छ ।’

अर्का भारती नागरिक अब्ताल खानले अन्य समस्या तपशिलमा राखेपनि खाद्यान्न समस्या भएको बताए । ठेकेदारले घोका दिदा आफुहरुको विचल्ली भएको उनले बताए । उनीहरुले खाद्यान्नको माग गरेका छन् । भोकभोकै बस्नुपर्ने बाध्यता भएकाले खाद्यान्नको माग अघि सारेका छन् ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा निर्माण भईरहेको मेघा हल निर्माणका ९ मजदुरलाई पनि खाद्यान्न समस्या भएको छ । उनीहरुले घर जाने प्रबन्ध एव खाद्यान्नको माग अघि सारेका छन् ।

भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले स्थानीय बिरसिह कार्कीले चामल, निरज गुप्ता र धर्मसिह रावलका व्यवसायी मिलेर तरकारी दिएको बताए । वडाध्यक्ष बोहराले वडाबाट केही गर्न नसकिने बताउदै ठेकेदारले दिनुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष हेमराज जोशीले बुझेर खाद्यान्न सहयोग गरिने बताए ।

प्रतिक्रिया दिनुस