गौरब बिष्ट ,कञ्चनपुर, बैशाख, ८ ।शुक्लाफाँटा नगरपालिकामा धामाधम खाद्यान्न सामाग्री बितरण नगरपालिकाको वडा नम्बर १०- मा पनि  राहात खाद्यान्न सामाग्री बितरण गरिएको छ । सोमबार श्री कृष्ण माध्यमिक बिद्यालय झलारीमा शुक्लाफाँटा नगरपालिकामा धामाधम खाद्यान्न सामाग्री बितरण नगरपालिका वडा नम्बर १० – का दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने मजदुर,बिपन्न परिवार लगायत १ सय परिवार लाई पहिलो चरणमा खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

बितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रती परिवार ३० केजी चामल,३ केजी दाल,२ केजी नुन ,२ लिटर खाने तेल,२केजी चिनी र प्रति परिवार ४् पिस साबुन बितरण गरिएको वडा अध्यक्ष लाल बहादुर ऐरले जानकारी दिनुभयो। राहत बितरण कार्यविधि २०७६ अनुसार नै बितरण गरिएको वडा अध्यक्ष ऐरले बताए । खाद्यान्न सामाग्री बितरण गर्दा शुक्लाफाँटा नगरपालिकामा धामाधम खाद्यान्न सामाग्री बितरण नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर , नगर उपप्रमुख तुलसी हमाल , शुक्लाफाँटा नगरपालिकामा धामाधम खाद्यान्न सामाग्री बितरणमा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशन सिंह थापा लगाएत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पहिलो चरण अन्तर्गत खल्ला बस्तिमा १ सय परिवार लाई खाद्यान्न सामाग्री बितरण गरिएको र अब आर्को चरणमा बाकी ३ सय गरिब बिपन्न परिवार लाई खाद्यान्न सामाग्री बितरण गरिने वडा अध्यक्ष लाल बहादुर ऐरले बताए ।

प्रतिक्रिया दिनुस