दिनेश नागारी,
हरेक दिन यो संसारमा थुप्रै मानिसहरुको जन्म र मृत्यु भइरहेको हुन्छ । कसैको मृत्युसँग समाजको ठूलो सम्भावनाको समाप्ती हुन्छ भने कसैको मृत्युसँग समाजका तमाम आतंकहरुको अन्त्य भैरहेको हुन्छ ।

मानिसहरुको सोच, नियत र व्यवहारले समाजका धेरै पुस्ताहरुले पनि सम्झिराख्नु पर्ने, धेरै लामो समयसम्म उहाँको योगदान, काम र भुमिकाले जीवन्त तुल्याइरहेको हुन्छ भने कसैलाइ मानिसहरुले उतिखेरै बिर्सिहाल्ने वा सधैभरी घृणासम्म गर्न पुगेका हुन्छन् ।

कसैको मृत्यु प्वाँखभन्दा हलुको र कसैको मृत्यु पहाडभन्दा भारी हुन्छ भनिन्छ । यहाँनेर दुइटा तत्वले काम गरिराखेको हुन्छ – एउटा ब्यक्तिको सोच, नियत, बिबेक र क्षमता भने अर्को हो सामाजिक जीवनमा व्यक्तिको भुमिका, योगदान र व्यवहार ।

आज विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्ती मनाउँदै गर्दा अर्थात लुम्बिनी दिवस मनाइरहँदा २५ सय वर्ष अगाडि जन्मिएका व्यक्ती पनि आजसम्म, यो पुस्तासम्म आउँदैगर्दा पनि जीवित छन, बांचिरहेका छन र श्रद्धा गर्न योग्य छन । उहाँले शान्तिका लागि गरिएको त्याग र समर्पणले आज बिश्वका मानिसहरु उहाँलाई सम्मान र श्रद्धा गर्दछन, आज पूजा गर्दछन र भक्तिभाव गर्दछन ।

हिजो गौतम बुद्धले त्यो राजसी सुख सयल र सम्पन्ताको जीवनलाइ तिलांजली नदिएको भए, हिजो शान्तीका निम्ति आफूले ठूलो त्याग नगरेको भए आजको यो पुस्तासम्म उहाँ बाच्नुहुन्नथ्यो, यो पुस्तासम्म उहाँको नाम रहन्न्थ्यो, बुद्धसँगै जन्मिएका र मृत्युवरण गरेका त्यो बेलाका बिश्वका लाखौ मानिसहरुको कुनै नामनिशान छैन । कति जन्मिए कति मरे । त्यसको कुनै लेखाजोखा छैन ।

इतिहासको कालखण्डमा व्यक्तिहरुले सम्पादन गरेको कार्य, निर्वाह गरेको भुमिका र उहाँहरुको योग्दान, र कर्मले त्यो माटो, समाज र देशले पाएको उपलब्धिसङ्ग, सामाजिक जीवनसङ्गको तदाम्यताले, सामाजिक यादृच्छिकताले व्यक्तिको स्मरण र बिस्मरणको गोरेटो तय गर्दो रहेछर गर्दछ भन्ने भनाइहरु पनि पाइन्छन । यो एउटा पाटो भयो ।

अर्को पाटोमा कुरा गर्ने हो भने मानिसहरु आज आएर भौतिक बिलासिता, आर्थिक सम्पन्नता र देखावटी रंगिन दुनियाको चक्रमा यसरी रुमल्लिरहेको छन कि उ आफू को हो भनेर समेत चिन्न सकिरहेका छैनन् । दिनानुदिन बड्दो शहरीकरण, सुचना तथा प्रबिधी क्षेत्रमा आएको तिब्र परिवर्तन, मानव सभ्यतामा आएको आधुनिकिकरण तथा विश्व अर्थतन्त्रमा परेको पुजिबादको प्रभावले मानिसहरुले हिजोको सँस्कृती, हिजोको मूल्यमान्यता, आदर्श र नैतिकतामा समेत व्यापक फेरबदल गराइसकेका छन ।

मानव जीवनशैलीमा आएको परिवर्तन तथा उतारचढाव यसरी आकासिएको छ कि उ हरेक बेला आफू कसरी भिन्न हुने,आफू कसरी फरक हुने र आफ्नो श्रेष्ठता कसरी कायम गराउने भन्ने तर्फ निरन्तर, रातदिन लागिरहेको छ । उ थाकिरहेको छैन, राती सपनामा समेत बर्बराइरहेको छ तर एउटा कुरा भने पटक्कै बिर्सिरहेको छ कि आफूलाइ चिन्न सकिरहेको छैन । उसमा बिस्तारै घमण्डको ज्वाला बड्दै गइरहेको छ, अभिमानका तस्बिरहरु निरन्तर कैद हुदैछन र आक्रोश, बदलाभावका पखेटाहरु सगरमाथासङ्ग स्पर्श गर्न पुगिरहेका छन तर आफू र आफ्नो माटो, आफ्नो देश र आमालाइ चिन्न सकिरहेको छैन ।

संसारिक सुखभोगका लागि आजको मानिस हत्या गर्न तयार छ, हिँसा गर्न तयार छ, चरम लूटपाट गर्न तयार छ । तयार छ उ अर्काको घरमा आगो लगाउन ।उ सुत्दैन मानवताको धज्जी उडाउन पाए । उ खुसी हुन्छ भ्रष्टाचारको आगोमा आफ्नो आँङ सेक्न । उ तत्परता देखाउछ गरिबिसङ्ग जिस्किन,अभावमा बाचिरहेका मानिसहरुको श्रम पसिना र पिडालाइ बेवास्ता गर्न र कमिशन खान ।
यसरी आजको मानिसले आफ्नो कर्म के हो भनेर चिन्न सकिरहेको छैन, उस्ले आफूलाई यो सँसारको अब्बल मानिस स्थापित गर्नका लागि जुन हतकण्डा अपनाउछ की ती कार्यहरुको बेग गलत दिशानिर्देश भयो भने केही समय लाग्दैन उ स्खलित हुन १ उस्का हरेक सपनाहरुको सत्ता यसरी चकनाचुर हुन्छ कि फर्केर हेर्न सम्म पनि नसक्ने गरि पछारिएको हुन्छ । त्यहाँ उसका सहयोगीहरुको कुनै भुमिका हुनेछैन, हुनेछ त केवल उस्को रुग्ण मानसिकता ।

जबजब मानिसहरुको चेतनास्तरले, बिबेकले र मस्तिष्कले वास्तबिकताको आभास गर्दैन, हरेक समय र हरेक परिस्थितिमा आफू अनुकूलनमात्रै खोज्ने धृष्टता देखाउछ भने सम्भावित सबै अवसरहरु गुमाउन कुनै आइतवार कुर्नु पर्दैन ।

आज एक मानिसमाथी अर्को मानिसको यस्तो निगरानी बढेको छ कि आफूलाई भन्दा अर्कोको चिन्ता गर्दछ । रिस र आबेगमा आएर अर्थात अरुको कुसिमा खुसी मिलाउन नसकेर आजका मानिसहरुमा आफ्नो घरमा सिसा राखेर अर्काको घरमा ढुङ्ग हान्ने चलन बढी छ, आफू केही गर्न सक्ने नभएपनी अर्काले गर्ने काममा गालीसम्म गर्न त निक्कै जानेका छन आजका केही मानिसहरुले ।

यता सकारात्मक सोच र व्यवहारको अभावले होला केही नयाँ पुस्तामा समेत नैतिकताको चरम अभाव नै छ ।

मानवीय सभ्यताको बिकासमा अझै पनि सामाजिक बिकृतिहरु, कुरिती र कु(सँस्कारले निक्कै बाधा पुर्याइ नै रहेको छ । आज आएर आपसी सहयोगको वातावरण निक्कै खल्बलिएको छ । नकारात्मकरुपमा सामाजिक दुरि बढेको छ । किमार्थ आफ्नो अभिस्ट पूरा गर्न अहिलेको मानव जाती तल्लिन छ । आफ्नो स्वार्थ पुर्तिका लागि आजको मानिसमा अर्को मानवका लागि कुनै चिन्ता र परवाह छैन । यो समाज कसैले नबनाउने हो भने, यो समाज निर्माणमा सबैले आफ्नो मात्रै स्वार्थ देख्ने हुन भने यो देश, यो माटो र यो भूमी कसैको हुन सक्दैन।

जब सबैले सामाजिक कार्यमा आफ्नो प्रतिशतवाला नजर लाउनेहुन भने, समाजको उन्नती, प्रगति र हितमा आफ्नो लाभको डोरी बलियो बनाउने हुने भने, र सबैको रक्षा हुने कार्यमा आफ्नो ब्यक्तिगत अभिस्ट्को अंश खोज्ने हुन भने कहिलै पनि यो समाजको बिकास हुन सक्दैन ।

हामी जति बाहिरी खूला भएर समाजका लागि भनेर तम्सिरहेका हुन्छौं नि त्यत्तिकै मुक्तकण्ठले खुला दिल दिमाग र हृदयले सोच्ने, बुझ्ने र व्यवहारले लागू गर्ने हो भने हाम्रो मुलुक, हाम्रो गाउँ समाज र घरपरिवार निक्कै समृद्द हुन समय लाग्दैन ।बिकास भनेको भौतिक मात्रै हो भन्ने कुरा कहिले हटाउछन हाम्रा मान्छेहरु ।यहाँ बिकास त चेतना र बिबेकको हुन जरुरी छ । हामी देखिराख्छौ थुप्रै संचार माध्यमहरुमा शौचालयभित्र घाँस दाउरा राखेको ।अर्थात सौचालय कुन प्रयोजनका लागि बनेको हो भनेर ।

त्यसैले अब सोच बदल्नु जरुरी छ, नियत बदल्नु जरुरी छ । भावी पुस्तालाई सकारात्मकता, आदर्श र नैतिकता सिकाउन जरुरी छ ।अब हाम्रो काम गराइले, अब हाम्रो बोलाई तथा ब्यबहारले कतै हाम्रै जीवनशैलिमा कुनै गम्भीर असर त परिरहेको छैन भनेर आज सबै तह र तप्काका मानिसहरुमा सघन समीक्षा हुन जरुरी छ । अहिलेको पुस्ताको हरेक क्षेत्र चाहे त्यो शैक्षिक होस,चाहे त्यो राजनैतिक होस चाहे त्यो आर्थिक क्षेत्र किन नहोस । हामी रहेको वा हामीले सम्पादन गर्ने भुमिकाले समाजको कस्तो स्वरुप निर्माण हुदैछ त भन्ने विसयमा एकपटक सबैले घोत्लिनु पर्ने आवश्यकता देखिएको छ ।

हामी कतातिर जादैछौँ वा कुन मोडमा हामी चुकिरहेका छौँ । हाम्रो क्रियाकलापले कतै हामी आफू लगायत अर्को नयाँ पुस्तालाइ समेत बिबस्तामा पुर्याउने बाटोमा हिँडाउदै छ त रु के हाम्रो राजनिती समृद्ध ढंगको छ त रु के हाम्रो शिक्षण अहिलेको आवश्यकता र युग सुहाउँदो छ त रु के हाम्रो पत्रकारिता समय अनुकूल छ त रु के हाम्रो व्यापार समाज सुहाउँदो छ त रु के हाम्रो समग्र जीवनशैली हरेक हिसाबले उन्नत, बैज्ञानिक र प्रगतिशिल छ त रु भनेर हामी सबै सचेत र जिम्मेवार हुनैपर्ने हुन्छ । यो मुलुक कुनै एकको मात्रै होइन ।

यो देशको जिम्मा बनाउने र भत्काउने ठेक्का कसै एकको हुँदै होइन । हामी सबैको काममा सम्बृद्द्पन आउन सक्यो भने मात्रै यो देशको मेरुदण्ड बलियो हुन सक्छ । सफलतासङ्ग पनि र असफलतासङ्ग पनि हामी उत्तिकै जिम्मेवार र अंशियार छौँ र हुनेछौँ

अहिले मानिसहरु कसै अरुको नै ठेक्का भन्याजस्तो वा मेरो मात्रै जिम्मा भन्याजस्तो गरि सोचिरहेका छन, यी दुबै सोच मुर्खतापूर्ण हुन सक्छन । यहाँ त हरेक नागरिकको भुमिकाको कुरा हरेक ब्यक्तिको योग्दानको कुरा र हरेक मानिसको जिम्मेवारिको कुरासङ्ग समाज र व्यक्तिको अस्तित्व, बिकास र समृद्धिको सम्भावनाको कुरा जोडिएको हुन्छ ।

हरेक व्यक्तिसङ्ग हरेक व्यक्तिको परस्पर अवसर र चुनौतिको विषय जोडिएको हुन्छ । हामी अर्कोलाइ दुख दिइरहेका छौँ भने त्यो दुखको अंश आफूले पनि कुनै न कुनै कालखण्डमा पनि भोग्न तयार हुनुछ भन्ने कुरा कहिले सिक्ने हो हामिले । हो जब हामीमा यी र यस्ता पुरातन मान्यता, सोच र शैली रहिरहन्छ तबसम्म हामी कहिलै अगाडि बढ्न सक्दैनौं ।

तसर्थ, हाम्रो आवश्यकता समाजलाइ हुन्छ र समाजको आवश्यकता हामीलाई ।यंही मान्यतामा रहेर हामी केही राम्रा कार्यहरु गर्न सके हामी सदैब यो समाजका लागि एक असल व्यक्तिका रुपमा रहिरहन सक्छौ । भावी पुस्ताले पनि हामीबाट केही पाउनेछन, केहि सिक्नेछन र हामी सदैब बाचिरहने छौ ।
घरमै बसौँ, सुरक्षित बसौँ र लकडाउनको पूर्ण पालना गरौँ । लेखक पुर्चौडी नगरपालिका शिक्षा शाखा प्रमुख हुन ।

प्रतिक्रिया दिनुस