फाइल

डडेल्धुरामा १३ वर्षीया बालिकाथी जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको अजयमेरु गाउँपालिका –३ का २२ वर्षीय दानी बिकलाइ बालिकामाथि बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो।

शुक्रवार दिउसो पक्राउ परेका युवकमाथि पीडित बालीकाका आफन्तले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र पालले जानकारी दिए।

प्रतिक्रिया दिनुस