अछाममा सामूहिक कुटपिटमा परेका युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका –६ भटाकाटियाका दीपक टमट्टाको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
गत कात्तिक १९ गते स्थानीय दलबहादुर साउद लगायतका युवाहरूले उनलाई कुटपिट गरेका थिए। अछाम प्रहरीका अनुसार उनको मङ्सिर २ गते मृत्यु भएको हो।
तर आफ्न्तहरुले ढिलो गरी प्रहरीमा जाहेरी दिएका हुन्। उनीहरूले बिहीबार दलबहादुर साउद लगायत ५ जनाको नाममा जाहेरी दिएका अछामका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। टमट्टालाई कुटपिट गर्ने १ जनालाई नियन्त्रणमा लिएको डिएसपी थापाले बताए।
प्रतिक्रिया दिनुस