नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुरमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य तथा धनगढी खबरका संवाददाता हरिष जोशीमाथि भीमदत्त नगरपालिकास्थित जनज्योती चोकमा भएको आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ। सोमबार महासंघले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिलाई कानुनी कारवाहीको माग गरेका छ।

‘सञ्चारकर्मी जोशीलाई अपशब्द प्रयोग गर्दै शुक्लाफाँटा नगपालिका वडा नम्बर १० घर भई हाल महेन्द्रनगरमा बस्दै आएका शुवास बमले आक्रमण गरेका हुन। एक सञ्चारकर्मीलाई अनाहकमा गरिएको आक्रमणप्रति हाम्रो ध्यानाकर्षण भएको छ। घाइते पत्रकार जोशीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दछौं’ महासचिव योगश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ।

प्रतिक्रिया दिनुस