सोमबार साँझ खुट्टामा गोली लागेर घाइते भएको भनिएका कञ्चनपुरका नरेश सुनारमाथि भारतीय एसएसबीले कुनै एक्सन नलिएको दाबी गरेको छ। सोमबार साँझ खुट्टामा गोली लागेका दोधारा चाँदनी नगरपालिका–१, स्याउले टोलका १६ वर्षीय सुनारमाथि नेपाली पक्षले भने भारतबाट नै गोली चलेको दाबी गर्दे आएका छन्। तर भारतीय एसएसबीले भने सिधै अस्वीकार गरेको छ।
सशस्त्र प्रहरी बल (एपीएफ), शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सीमा क्षेत्रमा तैनाथ भारतीय एसएसबीले सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ।
कसले चलायो त गोली ?
गठीगोठ क्षेत्रमा रहेको भारतीय वन क्षेत्रमा पटक–पटक तस्करहरूले रुखहरू कटान गर्दै आएका थिए। भारतीय वन रक्षकहरूले चलाएको बन्दुकको छर्रा सुनारलाई लागेको अनुमान गरेका छौँ,’। सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने।
एसपी ऐरले सुनार सहित थप ३ जना नेपालीहरू उक्त क्षेत्रमा रहेको जानकारीमा आएको बताए। उनले सोही ठाउँका नाम खुलेका गुप्पु चन्द र अर्का पनि रहेको बताए। तर उनीहरूलाई यस अघि सोमबार दिउँसो मात्रै वन रक्षकहरूले लखेटेको खुल्नमा आएकाले साँझ खुट्टामा लागेको छर्राले वन रक्षकले तर्साउनलाई छर्रा प्रहार गरेको हुनसक्ने उनले बताए।
छर्राको चोट रहेकाले भारतीय एसएसबीले अस्वीकार गरिरहँदा थप बुझ्ने काम भइरहेको एसपी ऐरले बताए।
प्रतिक्रिया दिनुस