कैलालीमा मोटरसाइकल दुर्घटनामा परि २ जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका –९ मा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका हुन्। पुर्व पश्चिम राजमार्गको मसुरियामा साझ ६ बजे मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

पहलमानपुर बाट मसुरिया आउदै गरेको से ७ प ५६९४ र पश्चिमबाट पुर्व जादै गरेको बा ७४ प२१८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ७ रामशिखरझाला बस्ने बर्ष २७ का नवीन सिजालि र गौरीगंगा ७ महादेवाका ४१ बर्षिय बासुदेव जोशी गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको गौरीगंगा हस्पिटल मसुरियामा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरिक्षक डम्बर थापाले जानकारी दिएका छन् । विपरीत दिशाबाट गतिमा मोटरसाइकल चलाउदा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस