धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीको तटबन्ध एक महिना नहुँदै भत्किएको छ। सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको छ । जलस्रोत तथा सिँचाइ डिभिजन…

