श्रीमती मालार्डलाई बिसञ्चो नै त थिएन तर उनी पूर्ण स्वस्थ पनि थिइनन् । पछिल्ला कतिपय वर्षदेखि मुटुको व्यथाले उनलाई निरन्तर दुःख दिइरहेको थियो । यहीबीच अचानक उनलाई श्रीमान्को मृत्युको दुःखद खबर दिनुपर्ने भयो । परिचितहरूले यस कुरामा निकै हेक्का पुर्‍याए र उनका श्रीमान्को मृत्युको समाचार सुनाउँदा बज्रपात पर्ने जस्तो गरी नभई सकेसम्म सहज होस् भन्ने गरी बिस्तारै थाहा दिए ।

उनलाई यो निर्मम समाचार सुनाउन उनकै बहिनी जोसेफिन अगाडि सरेकी थिइन् र अड्की(अड्की अनि आधा लुकाए जस्तो गरी त्यो सब भनेकी थिइन् । उनका पतिका साथी रिचर्ड्स पनि त्यहीँ, उनकै नजिक, थिए । उनी नै ती मानिस पनि थिए जसले सर्वप्रथम अखबारको कार्यालयमा रेलगाडी दुर्घटनाको खबर र त्यससँगै दुर्घटनामा ‘मर्नेहरू’को सूचीमा ब्रेन्टली मालार्ड भन्ने नाम पनि सामेल रहेको समाचार थाहा पाएका थिए । उनले यो समाचारको सत्यता जाँच्न दोस्रोपटक आएको टेलिग्राम पनि जाँच(परख गरेका थिए र अन्य कुनै अल्पभाषी वा अति मृदुभाषी परिचितलाई त्यो समाचार ब्रेरन्टलीको घरमा सुनाउन खटाउनुभन्दा उनलाई आफैँले त्यहाँ पुगेर सुनाउन हतार भएको थियो ।

उनले यो समाचार सुनिन् तर अन्य धेरै महिलाहरूले जस्तो प्रतिक्रिया जनाइनन्, उनी भर्खर आफूले सुनेको कुरा पत्याउनै नसकेको जस्तो गरी स्तब्ध पनि देखिइनन् । उनी बहिनीको अँगोलोमा बेरिएर केवल एकपटक ह्वाँह्वाँ गर्दै डाँको छोडेर रोइन् । अनि केही क्षणपछि दुःख, व्यथा र पीडाको आँधी मत्थर भयो, उनी एक्लै घरभित्र आफ्नो कोठातिर लागिन् । उनको चाहना थियो( उनलाई पछ्याउँदै अरू कोही पनि भित्र नआओस् । परिणाम त्यस्तै भयो ।

भित्र कोठामा झ्यालतिर फर्काएर राखिएको एउटा ठूलो आरामदायी ‘आर्मचेयर’ कुर्सी थियो । उनी मानौं त्यसमा धस्सिइँदै थ्याच्च बसिन्, उनलाई त मन, मुटु र आत्मा नै हल्लाउने गरी अनुभव भइरहेको शारीरिक थकानले झन् झन् तल थिचिरहेको थियो ।

उनले झ्यालबाट घरबाहिरको खुला दृश्य देख्न सक्दथिइन्, त्यहाँ लहरै उभिएका वृक्षहरू वसन्तका नयाँ पालुवा पाएर मस्तसित झुमिरहेका थिए । हावामा बर्षाको मनोरम सुगन्ध मिसिएको थियो । तल सडकमा कोही फौबन्जार व्यापारी आफ्नो मालसामान बेच्नका लागि चिच्याउँदै बिस्तारै हिँड्दै थियो । टाढा कतै कसैले गाइरहेको गीतको धुन मधुरो गरी उनको कानसम्म आइरहेको थियो, र असंख्य भङ्गेरा छतको किनारमा झुम्मिँदै एकनासले चिर्बिरचिर्बिर गरिरहेका थिए ।

नेपाली अनुवादक जयदेव गौतम

उनको झ्यालबाट पश्चिमतर्फ माथितिर हेर्दा आकाश देखिन्थ्यो । उनका आँखा त्यतातिर घुमे । टुक्रा(टुक्रामा बाँडिएर बादल यता र उता गर्दै एक अर्कोमाथि थुप्रिदै अनि फेरि पर पर सर्ने गरिरहेको थियो । बादलको त्यस्तो खेलले गर्दा घरिघरि नीलो आकाश पनि देखा पर्थ्यो ।

उनले आफ्नो टाउको मानौं फ्याँके जस्तो गरी कुर्सीमा अड्याएकी थिइन् र पूर्णतः मौन थिइन् । जम्मा कतिकति बेला एक किसिमको गह्रौँ हिक्का घाँटीबाट बाहिरिन्थ्यो र उनको शरीर नै अचानक हल्लिन पुग्थ्यो, स्थिति ठीक त्यस्तो थियो जस्तो कुनै बालक केही सपना देखेर रुन्छ र फेरि सुत्नका लागि मच्चिई(मच्चिई चिच्याएर भर्खर थामिए पनि सुँक्कसुँक्क गरिरहेको अवस्था हुन्छ ।

उमेरले त उनी युवा नै थिइन्, शान्त र शालीन अनुहार थियो तापनि ठाउँठाउँमा अनुहार चाउरिएको थियो, सायद त्यहाँ भित्र(हृदयदेखि उब्जिएको तनाव वा त्यस्तै अन्य कुनै गहिरो सोचाइको प्रतिबिम्ब निरन्तर परिरहेको थियो होला । यतिबेला उनका आँखामा निराशा र निर्जनता मात्र थियो अनि त्यो नजर टाढा नीलो आकाशको कुनै भागमा एकटक गडेको थियो । तर, सायद उनको यो स्थिति केवल आन्तरिक अवस्थाको बाह्य झलक मात्र थिएन बरु थियो त उनको मनभित्र चलिहेको बौद्धिक द्वन्द्वको संकेत पनि ।

उनीसँग, उनीनजिक केही आउँदै थियो र उनी त्यसलाई कुरिरहेकी थिइन्, भयपूर्वक नै भए पनि । के थियो त्यो रु उनी आफैँलाई थाहा थिएन, किनभने त्यसलाई चिनेर केही नाम दिन नै पनि अत्यन्तै गाहारो थियो । तापनि उनले त्यस कुरालाई महसुस गरिन्( त्यो कुरा बादल फाटेर देखिएको नीलो आकाशबाट क्रमशः उनीनजिक आउँदै थियो, हावामा मिसिएको चित्ताकर्षक रङ्ग र मधुरो आवाज अनि मन्द सुवासका माध्यमबाट उनीनिर पुग्दै थियो ।

उनको छाती फुल्यो र धुक्धुकी ह्वात्तै बढ्यो । उनले आफूलाई अँगाल्ने गरी नजिक आउँदै गरेको कुरा चिन्न थालेकी थिइन्, र उनी अब आफ्नो इच्छाशक्तिद्वारा त्यसलाई पराजित गर्न तम्सेकी थिइन् तर उनको इच्छाशक्ति त्यत्तिकै शक्तिहीन थियो जति उनका मसिना र गोरा दुई हात हुन सक्दथे । अनि उनले बलपूर्वक आफूलाई त्यो भावनाबाट मुक्त गरिन्, तापनि टम्म बन्द नरहेका उनका ओँठबाट पुट्पुटाए जस्तो गरी केही शब्द बाहिरिए । उनले मानौँ सासैसासमा त्यही शब्द पटकपटक दोहोर्‍याइन्, ‘मुक्ति, मुक्ति, मुक्ति १’ यो शब्द उच्चारण गरेसँगै उनमा अहिलेसम्म छाइरहेको हेराइको शून्यता र नजरमा व्याप्त आतंक सबै उनका आँखाबाट हरायो । अब ती आँखा उत्सुक र चहकिला देखिन थाले । उनको नाडीको चाल पनि बढ्यो, रगतमा न्यानोपन सञ्चार भयो र शरीरका अङ्ग(प्रत्यङ्गमा अनौठो किसिमको विश्रान्ति अनुभव हुन थाल्यो ।

उनले आफैँलाई सोध्न भने छाडिनन्, उनमा अकस्मात् यसरी हावी हुन गएको भावना कुनै ‘राक्षसी खुशी’ थियो वा थिएन रु उनीभित्र एक किसिमको विचार उत्पन्न भयो जसले त्यो भावनालाई तुच्छ किसिमको भनेर पाखा लगाइदियो । उनलाई थाहा थियो, जतिबेला उनले आफ्नो जीवनसित गाँसिएका मायालु र स्नेही हातहरूलाई मृत्युको आलिङ्गनमा बाँधिएको देख्ने छिन्, अनि सधैँ उनलाई प्रेमभावले हेर्दै आइरहेको अनुहार स्थिर, धुलौटे र मृत अवस्थामा देख्ने छिन्, त्यतिबेला उनी फेरि रुन थाल्ने छिन् । तर उनलाई त्यो तिक्त अनि नमीठो क्षणभन्दा टाढा आउँदा वर्षहरूको जुलुस देखा पर्न थाल्यो जुन वर्षहरू सम्पूर्ण रूपले केवल उनका मात्र हुने थिए । अनि उनले सम्भावित ती आगामी वर्षहरूको स्वागतमा आफ्ना दुवै हात फिँजाइन् ।

ती आउँदा वर्षहरूमा अन्य कसैका लागि बाँच्नु पर्ने छैन, उनी केवल आफ्ना लागि बाँचे हुन्छ । त्यतिबेला त्यस्तो कुनै बलियो परिस्थिति पनि उनका सामु रहने छैन जसले उनलाई आफ्नो इच्छाविरुद्ध हिँड्न विवश पार्ने छ अनि महिला र पुरुषहरूमा एकले अर्कोमाथि आफ्नो इच्छा बलात् थोपर्न पाउने अधिकार पनि रहने छैन । बिजुली चम्के जस्तो क्षणिक प्रकाशमा उनले गरेको त्यो परिकल्पनालाई, उनीभित्रैको उदार आशयले हो अथवा क्रूर आशयले, कुनै अपराधभन्दा कम नठहर्‍याएको अनुभव उनले गरिन् ।

र यति भएर पनि उनी लोग्नेलाई माया त गर्थिन्, तर कहिलेकाहीँ मात्र । धेरैजसो भने गर्दिन थिइन् । यसले के नै फरक पर्थ्यो र १ माया, एउटा नसुल्झिएको रहस्य, को अर्थ आफू हुनुको सबल अनुभूतिका अगाडि कति नै पो लाग्न सक्छ र रु यस्तो सोच आएसँगै उनले अचानक आफू एक स्वतन्त्र व्यक्तित्व भएको बलियो भाव महसुस गरिन् ।

‘मुक्ति १ शरीर र आत्मा, दुवैलाई मुक्ति १’ उनले कानेखुसीको स्वरमा बर्बराउन छाडेकी थिइनन् ।

बाहिर, जोसेफिन बन्द ढोका अगाडि घुँडा मारेर बसेकी थिइन् र सानो प्वालबाट चियाउने प्रयास गर्दै भित्र पस्ने अनुमति खोज्दै पनि थिइन् । ‘लुइस, ढोका खोल १ विन्ती छ, ढोका खोल – नत्र तिमीले आफैँलाई बिरामी पो बनाउँछ्यौ । तिमी के गरिरहेकी छ्यौ रु विन्ती छ लुइस, भगवानका लागि ढोका खोल ।’

‘जाऊ, तिमीहरू गए हुन्छ । मैले आफूलाई बिरामी बनाउने केही काम गरिरहेकी छैन,’ ढोकाभित्राट आवाज आयो । खुल्ला झ्यालको छेउमा बसिरहेकी श्रीमती मालार्ड आफ्नो जीवनआयु लम्मिने विश्वाससाथ मदिरा सेवन गरिरहेकी थिइन् ।

आगामी दिनहरूका सम्बन्धमा उनले गरिरहेका विद्रोही कल्पनाहरू अहिले बितिरहेको समयभन्दा धेरै अगाडिका थिए । वसन्त यामका दिनहरू, र गर्मी समयका दिनहरू, र सबै किसिमका दिनहरू नितान्त उनका आफ्नै हुनेछन् । उनले तत्कालै ईश्वरसित आफ्नो जीवन लामो होस् भन्दै प्रार्थना पनि गरिन् । हिजो मात्रै त थियो, उनले कमजोर शरीरमा लुगलुग काम्दै आफ्नो जीवनआयु लामो पो छ कि क्या हो भन्दै सोचिरहेकी थिइन् ।

अन्ततः उनी आफू बसेको ठाउँबाट उठिन् र बिस्तारै ढोका खोलिन्, जहाँ उनकी बहिनी अधीरतापूर्वक उनैलाई कुर्दै भूइँमा बसिरहेकी थिइन् । उनका आँखामा ‘रोगी जीत’ थियो र उनी आफू चाहिँ कुनै विजय(उत्सवकी देवीजस्तै हिँड्दै थिइन् । उनले हात अगाडि बढाएर बहिनीको कम्मरमा समातिन् र बिस्तारै दुवैजना भर्‍याङबाट तल ओर्लिए । रिचर्ड्स भूइँतलामा उभिएरै उनीहरूलाई कुरिरहेका थिए ।

कसैले बाहिरबाट चाबी घुमाएर मूलढोका खोलिरहेको आभास भयो । आश्चर्य १ भित्र छिर्ने व्यक्ति ब्रेन्टली मालार्ड थिए( यत्रतत्र यात्राका दागहरूले भरिएका, आफ्नो झोला भिरेका र छाता बलियो गरी समातेका । उनी उल्लिखित दुर्घटना(स्थलभन्दा धेरै टाढा थिए, र उनलाई त त्यो दुर्घटनाबारे कुनै जानकारी नै पनि थिएन । उनलाई देख्नासाथ जोसेफिन कहालिएको देखेर अनि उनलाई मालार्डको आँखाअगाडि तत्काल पर्नबाट छेक्न खोज्दै रिचर्ड्सले हस्याङफस्याङ गरेको देखेर उनी विस्मित् भए ।

केही समयपछि डाक्टर त्यहाँ आइपुगे । श्रीमती मालार्डलाई राम्ररी चेकचाँच गरे । अनि भने, ‘हृदयाघात भएर उहाँको मृत्यु भएको हो । यस किसिमको हृदयाघात अत्यधिक खुशी थाम्न नसक्दा हुने गर्दछ ।’

०००

(द्रष्टव्य : अमेरिकी वाङ्मय जगतमा प्रथम पुस्ताकी नारीवादी लेखकका रूपमा सुस्थापित केट साउपन (सन् १८५०(१९०४० ले छजना सन्तान हुर्काउँदै जम्मा दुईवटा उपन्यास र एक सयभन्दा बढी कथा (तीन कथा(सङ्ग्रह० लेखिन् । उनको प्रस्तुत कथा सर्वप्रथम सन् १८९४ डिसेम्बरको ‘भोग’ पत्रिकामा ‘द ड्रिम अफ एन आवर’ (एक घण्टाको सपना० शीर्षकमा प्रकाशित भएको थियो तर तत्कालीन समयमा महिला तथा विवाहको सम्बन्धमा व्याप्त सामाजिक मूल्य(मान्यता एवम् अपेक्षाहरूलाई दृष्टिगत गरी उत्पन्न विवाद अनि अनावश्यक आलोचनाहरूबाट जोगिन उनले अर्को वर्ष अर्थात् सन् १९८५ जनवरीको ‘सेन्ट लुइस लाइफ’ पत्रिकामा त्यो शीर्षकलाई परिवर्तन गरी अहिलेको ‘द स्टोरी अफ एन आवर’ बनाएकी थिइन् । उनका अन्य रचनाहरूमा जस्तै मूलतः यो कथाले तत्कालीन अमेरिकी समाजमा स्त्रैण सचेतनता जगाउने र पुरुष(नियञ्त्रित समाजमा महिलाहरूको स्वतन्त्रता प्राप्तिको संघर्षलाई प्रतिबिम्बित गर्ने प्रयास गरेको मानिन्छ ।(अनुवादक )

प्रतिक्रिया दिनुस