कञ्चनपुर फागुन २३ ,कञ्चनपुरको शुक्लाफाँटामा नगरपालिकाका बिभिन्न स्थानमा भईरहेको जंगली हात्तीको आतंक फेरि पनि सुरु भएको छ । गहुँ,मुसुरो ,दालर तेहलनवाली पाक्ने समयमा हात्तीको आतंक सुरु भए पछि स्थानिय किसानहरु चिन्तित बनेका छन । बुधवार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशापुर जोनापुर क्षेत्रमा जंगली हात्तीको बथानले आतंक मच्चाएको छ ।

निकुञ्जबाट आएको हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशापुर स्थानीय चुलुवा चौधरीको घर भत्काएको वडाध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनुभयो। ‘हात्तीले चुलुवाको घर भत्काइदियो, अध्यक्ष चौधरीले भने, अन्नबालीसमेत नष्ट गरेको छ ।

शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले हात्ती प्रभावित क्षेत्रमा गएर पीडितका लागि राहतको व्यवस्थापन गर्ने आश्वासन दिएका छन ।

गत असोज र मंसिर महिलामा जंगली हात्तीको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको थियो ।
जंगली जनावरको आक्रमणबाट पीडित बनेका स्थानीय हात्तीको आक्रमणबाट बच्न दिर्घकालीन उपाय खोज्न आग्रह गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रशाद न्यौपानेले हात्तीका लागि बस्ने ठाँउ हिडडुल गने कोरिडोर अप्रर्याप्त भएका कारण हात्तीले मानिसमाथि आक्रमण गने गरेको बताएका छन ।

प्रतिक्रिया दिनुस