काठमाडौं फागुन २३ ,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सञ्चालन गर्दै आएको चार महिने ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ स्थगित गरेको छ ।
कोरोना भाइरसका कारण पैदा हुन सक्ने संभावित खतराका कारण अभियान १५ दिनका लागि स्थगित गरिएको महासचिव मोहन वैद्य किरणले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र जवस तथा मोर्चाहरुले संयुक्त रुपमा अभियान सञ्चालन गर्दै आएका थिए ।
पार्टी महासचिव वैद्यले कोरोना संक्रमणको सम्भावित खतराबाट जोगिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन क्षेत्रको व्यवस्था गर्न तथा आवश्यक डाक्टर, नर्स र औषधिको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका छन् ।
प्रतिक्रिया दिनुस