कञ्चनपुर ,फागुन ३० ,कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक र पैदल यात्री गरी दुई जनाको मृत्यु भएको छ ।भाँसी ब्रह्मदेव बजार जोड्ने लिंक सडकको भीमदत्त नगरपालिका–७ हल्दुखाल जनसेवा माध्यमिक विद्यालय नजिकै बिहिवार राती म १ प ९५८५ नम्बरको मोटरसाइकले आफ्न्तको बिबाहमा गईरहेका े पैदल यात्रीलाई ठक्कर दिदा मोटरसाइकल दुर्घटनाभएको हो ।

दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिनुभयो। दुर्घटना हुदाँ भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको छ । सुरजको घटनास्थलमा नै मृत्यु भएको थियो भने दिनेशको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस