बैतडीमा बिहीबार राती भएको पवनदुत यातायातको बस दुर्घटनामा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक वीरेन्द्र कार्कीलाई अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले चालक कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी…

