नरेश राना

कञ्चनपुर, । लालझाडी गाँउपालिका जिल्लाकै विकट क्षेत्र हो । जिल्लाको दक्षिण पुर्वमा रहेको लालझाडी गाँउपालिका तराई क्षेत्र भएपनि चारैतिर दोदा नदीले घेरिएपछि सडक सञ्जालसंग नजोडिएको गाँउ थियो । लालझाडीलाई जिल्लासंग जोड्नका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण शुरु भएका थिए । लालझाडीलाई उत्तर कृष्णपुर, दक्षिण बेलौरी र पश्चिम चाँन्देव हुँदै जिल्ला जोड्ने तीन पुल निर्माण कार्य अघि बढे । हाल दुई पुल निर्माणाधिन भएपनि एक पुल निर्माण भईसकेको छ ।

लालझाँडी गाँउपालिका ३ नन्दगाँउदेखि बल्मी जोड्ने पुल निर्माण सम्पन्न भएको छ । झण्डै ८ सय मिटर पक्की मोटरेबल पुल निर्माणसंगै स्थानीयलाई दैनिक यात्रामा सहज भएको छ । पुल निर्माणसंगै लालझाडी अब विकट होईन, सिधै जिल्लासंग जोडिएको छ । यस अघि गाँउपालिका पुग्न चारपाङग्रेस सवारी साधन कैलाली हुँदै डोकेबजार भएर लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । अब लालझाडीको नन्दगाँउ हुँदै सिधै बेलौरी कलुवापुर सडकखण्ड अन्र्तरगत चाँन्देवसंग सडक सञ्जाल सिदा जोडिएको छ ।

दोदा नदीमा पुल मात्र नभई अन्तरगाँउ जोड्ने साना तथा ठुला नदीहरुमा पुल पुलेसा एव सडक लगायतको भौतिक पूर्वाधार निर्माण भएका छन । गाँउपालिकाले आफ्नै स्रोत, प्रदेश र संघीय सरकारीय स्रोतबाट बजेट ल्याएर विकास निर्माणका काम अघि बढाएको छ ।

कृषिका लागि उर्बर भूमिका रुपमा परिचित लालझाडीका स्थानीयले गाँउलाई अन्य गाँउ एव जिल्लासंग जोड्नका लागि पुल निर्माणमा गाँउपालिका प्रमुख मदन सेन बडायक, ०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित माओवादी नेतृ बिना मगरको योगदान रहेको बताएका छन । स्थानीयबाट मदन सेन बडायकले बिना मगर मन्त्री हुँदा बेला बेलामा पुल निर्माणका लागि घचघच्याउने र बिना मगरले पुल निर्माणका लागि आवश्यक बजेट योजना एव सम्बन्धीत पक्षलाई निर्देशन दिएकै कारण पुल निर्माण भएको स्थानीय बताउँछन ।

स्थानीयले चुनावका बेला बिना मगरले जलनतासंग गरेका बाचा पुरा गरेको अनुभव पोखेका छन । ‘हामीले असल काम गर्ने जनप्रतिनिधी पाएका छौँ, ‘लालझाँडी गाँउपालिका ३ नन्दगाँउका पहाली रानाले भने, ‘जब बिना मगरले चुनाव जितिन तब हामीले पुल पाए ।’ यस अघि लालझाडी जोड्नका लागि मोटरेबल पक्की पुल नहुँदा स्थानीयले कष्टकर यात्रा गर्नु परेको उनले बताए । दोदा नदीमा झोलुङ्गेपुल मात्रै हुँदा दैनिक कामकाज, समाजिक, आर्थिक एव अन्य कामकाजका लागि समस्या हुने गरेको र मोटरेबल पुल भएपछि सहज भएको बताए ।

नदीमा पुल नहुँदा दुर्घटना हुँदा कयैन मानिसले ज्यान गुमाउनु परेको पीडा सुनाउँदै उनले अब पुल निर्माणसंगै कसैले पनि नदी तर्दा ज्यान गुमाउनुपर्ने बाध्यता हटेको बताए । ‘अहिले पुल बनेको छ, ‘हामी अत्यन्तै खुसी छौँ, विगतका चुनावमा धेरैलाई भोट दिए जिताए तर, कसैले हाम्रो पीडा बुझेनन, ‘उनले भने,‘हाम्रो पीडा बिना मगरले बुझिन्, पुल बन्यो हामीलाई कृषि काम गर्न सहज भयो, जनप्रतिनिधीले यसरी अब सबै जनताका साझा समस्या बुझिदिए जनता आफै खुसी हुन्छन ।’

किसान समेत रहेका रानाले दैनिक कृषि कार्यका लागि सहज भएको बताए । लालझाडी गाँउपालिका ३ पर्सियाकी स्थानीय सरिता रानाले पुल निर्माणसंगै लालझाडी सिधै जिल्लासंग जोडिएको बताईन । ‘पुल नहुँदा हामीलाई यात्रा गर्न सकस हुन्थ्यो, हिउँदमा चिसो पानी बर्षातमा भेलले हामीलाई जहाँका तही बस्नुपर्ने बाध्यता थियो, ‘उनले भनिन, ‘बिरामी गर्भवती महिलालाई अस्पताल लग्न, समस्या हुन्थो, अहिले पुल बनेपछि सहज भएको छ ।’

पुल निर्माण हुने कल्पना समेत नगरेको बताउदै उनले चुनावमा बेला बिना मगरले लालझाडीका जनतासंग गरेका प्रतिबद्धता पुरा गरेको बताईन । ‘मेरै जिवनमा धेरै चुनाव आए सबै उम्मेदवार नेताले हामीलाई पुल बनाउँछौँ भन्यो तर, कसैले पनि पहल गरेनन, ‘०७३ सम्म पुल थिएन, ०७४ को मंसिरमै चुनावमा बिना मगरले हामीसंग पुल बनाउने प्रतिबद्धता जाहेर गरिन, ०७८ को मंसिरमा आईपुग्दा पुल बन्यो हामी खुसी छौँ, यो सरासर जनप्रतिनिधीले पीडित जनताको हितमा काम गरेको आँखाले नै देखियो ।’ पुल निर्माणसंगै अहिले लालझाडी क्षेत्रका जनताको दैनिक यात्राका साथै आर्थिक समाजिक, साँस्कृतिक एव अन्य दैनिक कामकाजमा सहजता ल्याएको छ ।

प्रतिक्रिया दिनुस