प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा डिप्लोमा तह सेमेष्टर परीक्षा प्रणाली र प्रि–डिप्लोमा १५ं३ (साविक प्राविधिक एस.एल.सी) तहको नियमितरआंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरिएको सम्वन्धी सूचना आज फागुन २४ गते प्रकाशन गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा डिप्लोमारप्रमाणपत्र तहको सेमेष्टर परीक्षा प्रणाली अन्तर्गतका र प्रि–डिप्लोमा (प्राविधिक एस.एल।सी) तहका बिभिन्न कार्यक्रमहरुको क्रमशः मिति २०७७।१०।१३ गते र मिति २०७७।०८।२६ प्रकाशित बार्षिक परीक्षाको आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम नियमित तथा आंशिक परीक्षाको रितपुर्वकको आवेदन फाराम भरेका परीक्षार्थीहरुको डिप्लोमारप्रमाणपत्र तहको मिति २०७७।११।०६ गते र प्रि–डिप्लोमा तहको मिति २०७७।११।०५ गते प्रकाशित परीक्षा तालीका बमोजिम मिति २०७७।१२।०५ गते बिहान ७ :०० बजे देखि संचालन हुने विभिन्न शैक्षिक कार्यक्रमहरुको परीक्षाको परीक्षा केन्द्र सम्वन्धित परिषद्, प्रदेश कार्यालयहरुको सिफारिस अनुसार कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुस