अध्यक्ष दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता सुरु

अध्यक्ष दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता सुरु

On

पछिल्लो राजनीतिक घटनाक्रम र सत्ताधारी दलको भागबण्डाको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको भवन नम्बर २ मा दाहाल र भट्टराईबीच भेटवार्ता सुरु भएको…

शेयर बजार निरन्तर ओरालो, ७६.६५ अंक गिरावट

शेयर बजार निरन्तर ओरालो, ७६.६५ अंक गिरावट

On

शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२.३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो । भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर…

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

On

राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ । पार्टीका त्रय अध्यक्षहरु९प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा० को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सक्रिय सदस्यता वितरण…

डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

On

सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्को समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन…

गौरीगंगामा छानबिन समिति गठनमा असहमति, खुलेन ताला

गौरीगंगामा छानबिन समिति गठनमा असहमति, खुलेन ताला

On

कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार भएको तालाबन्दी अझै खुलेको छैन। छानबिन समिति गठनमा सहमति हुन नसक्दा तालाबन्दी कायम रहेको बताईएको छ। चार दलहरुले नगरपालिकामा देखिएका अनियमितताको छानविन गरि सार्वजनिक गर्न समिति बनाउन भनेका थिए। तर तयसमा सहमति हुन नसक्दा तालाबन्दी लम्बिएको हो। बुधबार…

बैतडीमा नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

बैतडीमा नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

On

अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। माधवीलाई न्यायाधीश…

कैलालीमा मदिरा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग

कैलालीमा मदिरा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग

On

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका मदिरा उद्योगका सञ्चालकसहित सात जनासंग ५१ करोड बढी धरौटी माग भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिका सञ्चालक हर्को साउँद, लेखापाल सक्रामसिंह साउँद लगायतका सात जनासंग ५१ करोड तीन लाख…

माओवादी केन्द्र एमालेमा मिलिसक्यो, प्रचण्ड गुट मात्रै बाँकी छ : ओली

माओवादी केन्द्र एमालेमा मिलिसक्यो, प्रचण्ड गुट मात्रै बाँकी छ : ओली

On

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको बताएका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको टिप्पणी…

बझाङमा खाल्डोमा गाडिएको अवस्थामा वृद्धाको शव फेला, नाति पक्राउ

बझाङमा खाल्डोमा गाडिएको अवस्थामा वृद्धाको शव फेला, नाति पक्राउ

On

महेन्द्रनगर । बझाङमा खाल्डोमा गाडिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–६ की ८० वर्षीय रीठीदेवी जप्रेलको शव बिहीबार बिहान खाल्डोमा गाडेको फेला परेको प्रहरीले जनाएको हो । भदौ २७ गतेदेखि बेपत्ता रहेकी उनको खोजी गर्ने क्रममा खाल्डोमा…

कञ्चनपुरमा सशस्त्रका जवानको तालमा डुबेर मृत्यु

कञ्चनपुरमा सशस्त्रका जवानको तालमा डुबेर मृत्यु

On

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजेतिर साथीहरुसँगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–३ खिरिया घर भएका जीतबहादुर चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले…