
काठमाण्डौँ उपत्यकासहित देशभरिको तापक्रम बढ्यो
Onकाठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।