इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्याम हट्सपरले आफ्ना खेल बराबरी खेल्दा आर्सनल पराजित भएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले फुल्हमसँग र टोटनह्यामले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको हो। क्रिस्टलले घरेलु मैदानमा टोटनह्यामलाई रोकेको हो। ह्यारी केनले टोटनह्यामलाई अग्रता दिए…

