कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी श्रीमती सीताको निधन
Onपूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणबाट आज बिहान निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि १४ कात्तिकमा उनलाई दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नर्भिक अस्पतालमा भर्ना गरिएकी उनलाई १५ कात्तिकदेखि भेन्टिलेटरमा राखिएको थियो। उनको आज बिहान ६ः२५ मा निधन भएको हो।…









