महेन्द्रनगरमा टिप्पर पल्टियो

महेन्द्रनगरमा टिप्पर पल्टियो

On

महेन्द्रनगरमा भिमदत्तनगरपालिकाको टिप्पर पल्टिएको छ। वडा नम्बर १० ब्रह्मदेव लिंक रोडमा बिहीबार बिहान भिमदत्तनगरपालिकाको टिप्परले ट्याक्टरलाई ठक्कर दिन पुग्दा टिप्पर पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले ट्रकको नम्बर पहिचानमा समस्या भएको जनाएको छ। टिप्पर सडक भन्दा करिब ५० मिटर पर गई पल्टिएको…

पत्रकार महासंघ कञ्चनपुरको १९ औं बार्षिक साधारण सभा आज

पत्रकार महासंघ कञ्चनपुरको १९ औं बार्षिक साधारण सभा आज

On

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको १९ औं बार्षिक साधारण सभा आज देखी सुरु हुने भएको छ। भीमदत्तनगरपालिकाको सभाहलमा बिहिबार बिहान ११ बजे देखी साधारण सभा सुरु हुने नेपाल पत्रकार महासंघ साखा कञ्चनपुरका सहसचिव मोहन बिष्टले जानकारी दिए। नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका…

प्रधानमन्त्री भोली धनगढी आउदै, सुरक्षा व्यवस्था कडा-कालो झण्डा र मास्क प्रतिबन्ध

प्रधानमन्त्री भोली धनगढी आउदै, सुरक्षा व्यवस्था कडा-कालो झण्डा र मास्क प्रतिबन्ध

On

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार (भोलि) धनगढी आउने भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न धनगढी आउने भएका हुन्। बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ।…

नेपाली पक्षले दशगजामा बनाएको अस्थायी पोष्ट हटाउन लगायो

नेपाली पक्षले दशगजामा बनाएको अस्थायी पोष्ट हटाउन लगायो

On

नेपाली पक्षले दशगजा क्षेत्रमा भारतीय एसएसबीले बनाएको अस्थायी पोष्ट हटाउन लगाएको छ। बेलौरी नगरपालिका–१० संग जोडिएको सीमा रेफ्रेन्स स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बुधबार अस्थायी पोष्ट बनाएपछि अन्तर्राष्ट्रिय सीमा सरोकार समूह…

झुलाघाट नाका सोमबार र शुक्रवार खुला रहने

झुलाघाट नाका सोमबार र शुक्रवार खुला रहने

On

अत्यावश्यक कामका लागि बैतडीसँग जोडिएको झुलाघाट नाका सातामा दुई दिन खुला रहने भएको छ। कोरोना भाइरसको जोखिमका कारण सरकारले सिमाक्षेत्रमा प्रतिबन्ध लगाएको थियो। चैतदेखि बन्द रहेको बैतडीसँग जोडिएको झुला घाट नाका केही खुकुलो बनाइएको हो। स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमा नाकामा…

रावलसहित तीन नेतालाई कारबाही गर्न सिफारिस

रावलसहित तीन नेतालाई कारबाही गर्न सिफारिस

On

नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई कारबाहीको सिफारिस गरेको छ । प्रदेश कमिटीको चौथो बैठकले रावलसहित तीनजना नेतालाई पदबाट हटाउन सिफारिस गरेको हो । बुधबार धनगढीमा बसेको बैठकले इन्चार्ज रावल, प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय…

कोरोना संक्रमणबाट विश्वभर ६ सय २ पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर ६ सय २ पत्रकारको मृत्यु

On

प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी) ले विश्वभरि कोरोनाका कारण ६ सय २ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। उसले सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको उल्लेख गरेको हो। पिइसीले स्विट्जरल्यान्डको जेनेभाबाट प्रकाशित गरेको प्रतिवेदनमा मृतकमध्ये आधाभन्दा बढी अर्थात् ३०३…

महेन्द्रनगरमा मुक्त हलिया महिलालाई सीपमूलक तालिम

महेन्द्रनगरमा मुक्त हलिया महिलालाई सीपमूलक तालिम

On

महेन्द्रनगरमा मुक्त हलिया महिलालाई सीपमूलक तालिम उपलब्ध गराइएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको संयुक्त साझेदारीमा आर्थिक रुपमा विपन्न मुक्त हलियाका महिलाहरुलाई तालिम दिएको हो। भीमदत्त नगरपालिका–१९ बागफाँटाका मुक्त हलियाका महिलालाई ४५ दिने हाते होजियारी…

कञ्चनपुरमा ६० वर्षीया वृद्धा मृत फेला

कञ्चनपुरमा ६० वर्षीया वृद्धा मृत फेला

On

कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बेतकोट नगरपालिका –५, धरमपुर बस्ने ६० वर्षीय वनगैया चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ। गए राती भिनाजुको घरमा सुतिरहेका बेला मृत फेला परेकी चौधरीको पोस्टमार्टम पस्चात शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी…

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पुस २९ गते अर्को सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पुस २९ गते अर्को सुनुवाइ

On

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी बुधवार हुने भएको छ। आज बसेको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधवारका लागि तोकेको हो। आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक र कानुनी प्रश्नमा गम्भीर व्याख्या आवश्यक भएकाले…